ECAN केन्द्रीय कार्यकारी सदस्यका सशक्त उम्मेदवार प्रभात पौडेल : नवीन दृष्टिकोण, स्पष्ट नेतृत्व र प्रभावकारी सञ्चारको भरोसा
काठमाडौँ।
नेपाल शैक्षिक परामर्श संघ (ECAN) को पुस २८ गते सम्पन्न हुने २०औँ साधारणसभा अन्तर्गतको केन्द्रीय निर्वाचनमा प्रभात पौडेल ले आगामी कार्यकालका लागि केन्द्रीय कार्यकारी सदस्य पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ।
नवीन दृष्टिकोण र नेपाल शैक्षिक परामर्श संघ (ECAN) का भावी लक्ष्यप्रति दृढ प्रतिबद्धता बोकेका WECAN Educational Consultancyतथा Curious Mind Educational Consultancy का संस्थापक श्री प्रभात पौडेल लाई सतर्क, दूरदर्शी र प्रभावकारी नेतृत्वकर्ताका रूपमा चिनिन्छ।
विद्यार्थी, अभिभावक तथा उद्यमीहरूलाई स्पष्टता, जिम्मेवारी र विचारपूर्वक मार्गदर्शन प्रदान गर्ने उहाँको क्षमताले ECAN भित्र निर्णय प्रक्रियालाई थप सशक्त बनाउने विश्वास गरिएको छ। साथै, उहाँको उत्कृष्ट सञ्चार कौशल र समन्वय क्षमता ले सामूहिक नेतृत्व र संस्थागत एकतालाई मजबुत बनाउने अपेक्षा गरिएको छ।
शैक्षिक परामर्श क्षेत्रको दीर्घकालीन विकास, पारदर्शिता र सदस्य–केन्द्रित अभ्यासमा केन्द्रित पौडेलको उम्मेदवारीलाई ECAN भित्र केन्द्रीय कार्यकारी सदस्य पदका लागि समयसापेक्ष, सक्षम र भरोसायोग्य विकल्पका रूपमा हेरिएको छ।
प्रभात पौडेललाई केन्द्रीय कार्यकारी सदस्य पदमा मत दिएर विजयी गराउनेमा पूर्ण विश्वास व्यक्त गरिएको छ।



प्रतिकृया दिनुहोस्