इक्यान केन्द्रीय उपाध्यक्ष पदमा पुष्प राज भट्टराई (डक्टर) को उम्मेदवारी घोषणा

इक्यान केन्द्रीय उपाध्यक्ष पदमा पुष्प राज भट्टराई (डक्टर) को उम्मेदवारी घोषणा

काठमाडौँ।
नेपाल शैक्षिक परामर्श संघ (ECAN) को पुस २८ गते सम्पन्न हुने २०औँ साधारणसभा अन्तर्गतको केन्द्रीय निर्वाचनमा पुष्प राज भट्टराई (डक्टर) ले आगामी कार्यकालका लागि केन्द्रीय उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ।

शैक्षिक परामर्श क्षेत्रको व्यवस्थित विकास, पारदर्शिता र व्यवसायीको हकहित संरक्षणलाई आफ्नो प्रमुख एजेन्डा बनाउँदै भट्टराई ECAN लाई अझ सशक्त, मर्यादित र विश्वासिलो संस्थाका रूपमा स्थापित गर्ने साझा लक्ष्यका साथ नेतृत्व यात्रामा अघि बढ्नुभएको हो।

भट्टराईले शैक्षिक परामर्श क्षेत्रप्रतिको गहिरो प्रतिबद्धता, अनुभव र सेवाभावकै आधारमा उम्मेदवारी दिएको उल्लेख गर्दै भन्नुभएको छ,
मतदाता सदस्यज्यूहरूबाट प्राप्त हुने विश्वास, सहयोग र अमूल्य मत नै मेरो कार्यदायित्वलाई जिम्मेवार, प्रभावकारी र सफलतापूर्वक निर्वाह गर्ने सबैभन्दा ठूलो प्रेरणाको स्रोत बन्नेछ।

उहाँले शैक्षिक परामर्श व्यवसायीका साझा समस्या, अवसर र चुनौतीलाई संस्थागत रूपमा सम्बोधन गर्दै समावेशी, पारदर्शी र व्यवसायीमैत्री नेतृत्व प्रदान गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ।

ECAN को भावी नेतृत्व चयनमा भट्टराईको उम्मेदवारीलाई स्थिर सोच, सकारात्मक दृष्टिकोण र जिम्मेवार नेतृत्वको प्रतीकका रूपमा हेरिएको छ। शैक्षिक परामर्श क्षेत्रलाई दीर्घकालीन रूपमा सुदृढ बनाउने उहाँको प्रतिबद्धताले सदस्यहरूबीच थप आशा र भरोसा जगाएको देखिन्छ।

उहाँले सम्पूर्ण मतदाता सदस्यज्यूहरूबाट साथ, सुझाव र मार्गदर्शनको अपेक्षा गर्दै आभार व्यक्त गर्नुभएको छ।