अनेसास न्यू ह्याम्पसायरले भव्य रूपमा मनायो ‘अनेसास दिवस’
साहित्य, सिर्जना र एकताको अनुपम उत्सव
न्यू ह्याम्पसायर | जनवरी ११, २०२६ (शनिबार)
अनेसास न्यू ह्याम्पसायर च्याप्टरले हिजो जनवरी १०, २०२६, शनिबारका दिन न्यू ह्याम्पसायरस्थित ५ वेस्ट ड्राइभ मा विशेष कार्यक्रमको आयोजना गरी “अनेसास दिवस” भव्य रूपमा मनाएको छ। अनेसासका पदाधिकारी तथा स्थानीय साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थितिमा “अनेसास दिवस” अंकित केक काट्दै उत्सवमय वातावरणमा दिवस मनाइएको हो।
संस्थाका अध्यक्ष नविन शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निवर्तमान महासचिव विमला निरौला तथा अनेसास पुरस्कार समिति सदस्य सचिव एवं च्याप्टरका प्रधान सम्पादकले अनेसास दिवसको ऐतिहासिक महत्व र संस्थाको साहित्यिक यात्राबारे विचार व्यक्त गर्नुभयो।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा कवि तथा कवयत्रीहरू
विमला निरौला, इश्वरी भट्ट, मोहन निरौला, तुलसी पराजुली, डा. पुष्पमान जोशी, बीओटी सदस्य शारदा माया भट्ट, रामचन्द्र भण्डारी, नविन शर्मा, अनिल संग्रौला लगायतले आ–आफ्ना सशक्त साहित्यिक रचनाहरू वाचन गर्नुभएको थियो, जसले उपस्थित सबैलाई साहित्यिक रसास्वादन गराएको थियो।
प्रधान सम्पादक इश्वरी भट्टद्वारा कुशलतापूर्वक सञ्चालन गरिएको कार्यक्रममा आगामी जनवरी २४, २०२६ मा आयोजना गरिने सरस्वती पूजा एवं बाल प्रतिभा प्रतियोगिता सम्बन्धी व्यवस्थापन र तयारीबारे महत्वपूर्ण जानकारी पनि प्रदान गरिएको थियो।
कार्यक्रममा समाजसेवी तथा सल्लाहकारहरू शिव कुमार राई, कोषाध्यक्ष कमल महर्जन, साथै शसी अधिकारी, प्रतिभा भट्ट, प्रतिक भट्ट, प्रयूष रायमाझी, मरिया अग्लिबोट, र बालिका लुना भट्टलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
साहित्य, सिर्जना र सामुदायिक एकताको सन्देश बोकेको यस कार्यक्रमले अनेसास न्यू ह्याम्पसायरलाई अझ सशक्त र प्रेरणादायी बनाएको सहभागीहरूको भनाइ रहेको छ।



प्रतिकृया दिनुहोस्