शेयरधनीको अनुहारमा मुस्कान: आई.एम.ई. लाइफबाट ५२ करोड ६३ लाख रुपैयाँ नगद लाभांश
आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नवौं वार्षिक साधारण सभा २४ पौष २०८२ गते बिहिबारका दिन कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालज्यूको सभाध्यक्षतामा काठमाडौंको धुमवाराही स्थित दियो महलमा सम्पन्न भएको छ । उक्त सभाले सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०८१/०८२ को सञ्चालक समितिको प्रतिवेदन, आर्थिक वर्ष २०८१/०८२ कोवासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र तत्सम्बन्धीत अनुसूचि सहितको वित्तीय विवरण पारित गरेको छ । वित्तिय विवरण सगै उक्त सभाले आ.व. २०८२/०८३ को लागि कम्पनीको वाह्य लेखापरिक्षक नियुक्त गरि निजको पारिश्रमिक समेत निर्धारण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।
उक्त सभाले कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०८१/०८२ को वितरण योग्य मुनाफाबाट कम्पनीको तत्काल कायम रहेको चुक्ता पूँजी को १०.५२६३२% (अक्षरेपी दश दशमलब पाँच दुई छ तिन दुई प्रतिशत) का दरले हुने रकम रु. ५२,६३,१५,७८९ /–(अक्षरेपी बाउन्न करोड त्रिसट्ठी लाख पन्ध्र हजार सात सय उनान्नब्बे रुपैंया मात्र) नगद नगद लाभांश (कर प्रयोजन समेतको लागि) वितरण गर्ने प्रस्ताव पारित गरको छ । विशेष प्रस्ताव अन्तर्गत सभाले कम्पनीको प्रबन्ध–पत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरबदलको निर्देशन प्राप्त भएमा सोही अनुसार फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरको छ । भने सभाले आर्थिक वर्ष २०८१/०८२ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीबाट भएको खर्चहरु अनुमोदन गरेको छ ।
सभाध्यक्ष तथा सञ्चालक समितिका अध्यक्ष डा. अर्यालले सभामा बोल्दै कम्पनीको उन्नती र प्रगतिमा निरन्तर अमूल्य सुझाब र सहयोग गर्नुहुने आदरणीय शेयरधनी महानुभावहरु, सञ्चालक समितिका सदस्यहरु, कम्पनी प्रति बिश्वास र भरोसा गर्नुहुने समस्त बीमितहरु, नियमनकारी निकायहरु, पुनर्बीमा कम्पनीहरु, कम्पनीका कर्मचारीहरु, मेरुदण्डकारुपमा रहेका अभिकर्ताहरु, बैंक तथा वित्तीय संस्थाहरु एवंम् अन्य शुभेच्छुकहरु सवै प्रति हार्दिक कृतज्ञता व्यक्त गर्नु भयो ।
Source : आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
हाथवे कम्प्लेक्स, लैनचौर, काठमाडौं ।


प्रतिकृया दिनुहोस्