काठमाडौंमा खुसीको खबर! चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर मालिकको हातमा फर्किए

काठमाडौंमा खुसीको खबर! चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर मालिकको हातमा फर्किए

काठमाडौं, ११ पुस
चोरी भएर हराएका सवारी साधन फिर्ता पाउनु सपना जस्तै लाग्छ — तर यो सपना आज ६० जना सवारीधनीका लागि साकार भएको छ।

काठमाडौं उपत्यकाको विभिन्न स्थान र मितिमा चोरी भएका ३४ वटा मोटरसाइकल र २६ वटा स्कुटर ट्राफिक प्रहरीले खोजी गरी शुक्रबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी ईश्वर कार्कीट्राफिक प्रहरी कार्यालयका एसएसपी नवराज अधिकारीले संयुक्त रूपमा सवारी साधन हस्तान्तरण गर्नुभएको हो।

नक्कली नम्बर प्लेटदेखि लुकाइएका सवारीसम्म
निवेदनका आधारमा गरिएको खोजतलासका क्रममा केही सवारीमा वास्तविक नम्बर प्लेट त केहीमा नक्कली नम्बर प्लेट राखिएको अवस्थामा फेला परेका थिए।
काडाँघारी, पुल्चोक, स्वयम्भू, दरबारमार्ग, नयाँबसपार्क, भक्तपुर, लोकन्थली, कीर्तिपुर, बौद्ध, थानकोट, कपन, टोखा, बनस्थली, बसन्तपुर लगायत उपत्यकाका दर्जनौं स्थानबाट सवारी साधन बरामद गरिएको हो।

आँकडाले भन्छ: ट्राफिक प्रहरी सक्रिय छ

  • चालु आर्थिक वर्षमा हालसम्म १८१ वटा सवारी साधन सम्बन्धित धनीलाई फिर्ता

  • चोरीमा संलग्न २५ जना पक्राउ, १३ वटा चोरीका सवारीसहित

  • आ.व. २०८०/०८१ मा ४१७

  • आ.व. २०८१/०८२ मा ५०३ दुई पाङ्ग्रे सवारी फिर्ता

ट्राफिक प्रहरीको आग्रह
सवारी चोरी रोक्न
सुरक्षित स्थानमा पार्किङ
ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक प्रयोग
सुनसान र एकान्त ठाउँमा पार्क नगर्न अनुरोध

सवारी हराएमा तुरुन्त सम्पर्क गर्नुहोस्

  • ट्राफिक प्रहरी हटलाइन: १०३

  • नेपाल प्रहरी हटलाइन: १००

  • वा नजिकको प्रहरी कार्यालयमा निवेदन दिनुहोस्