प्रधानमन्त्री कार्कीको सिधा प्रश्न— ‘सुहाङ, चुनाव उठ्ने तयारी के छ?’
‘देश युवाले नै हाँक्नुपर्छ’ भन्दै सिंहदरबारमै दह्रो सन्देश
काठमाडौँ ।
प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति, स्थिरता र कानुनको शासन कायम गर्न प्रतिनिधि सभाको निर्वाचन तोकिएकै समयमा हुने स्पष्ट घोषणा गरेकी छन्। सिंहदरबारमा इलाम क्षेत्र नम्बर २ का निवर्तमान सांसद सुहाङ नेम्बाङ नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्रीले अब कुनै दुविधा नराखी चुनावको तयारी गर्न आग्रह गरिन्।
‘हामी चुनाव गराउनै आएका हौँ’
प्रधानमन्त्री कार्कीले भनिन्—
“हामी चुनाव गराउनै लागिरहेका छौँ। असामान्य अवस्थामा शान्ति स्थापना र चुनाव गराउनकै लागि आएका हौँ। अबको लक्ष्य एउटै हो— चुनाव।”
उनका अनुसार चुनाव भए मात्र मुलुकमा दिगो शान्ति र स्थायित्व सम्भव हुन्छ।
सुहाङसँग सिधै प्रश्न
भेटकै क्रममा प्रधानमन्त्री कार्कीले नेम्बाङलाई सिधा प्रश्न गरिन्—
‘चुनाव उठ्ने तयारी के छ?’
यसमा प्रतिक्रिया दिँदै नेम्बाङले आफू चुनावको तयारीमै रहेको बताए। प्रधानमन्त्रीले त्यसपछि नेम्बाङलाई शुभकामना दिँदै युवाले अब नेतृत्व लिनुपर्ने धारणा राखिन्।
युवालाई दह्रो सन्देश
प्रधानमन्त्री कार्कीको भनाइले हलचल मच्चाएको छ—
“बाँसको कलमले लेख्न सिकेकाहरूले स्मार्टफोनसँगै जन्मिएकाहरूमाथि शासन गरेर हुँदैन।
पुरानाको अनुभव काम लाग्छ, तर चालक सिटमा युवा नै बस्नुपर्छ। देश युवाले नै हाँक्नुपर्छ।”
उनले युवामा साहस, ऊर्जा र जोखिम लिन सक्ने क्षमता हुने भन्दै देशको बागडोर नयाँ पुस्तालाई दिनुपर्ने जोड दिइन्।
इलामका समस्या पनि उठाए नेम्बाङले
नेम्बाङले इलाममा बाढीपहिरोले क्षति पुर्याएका राजमार्ग र पुलहरूको पुनःनिर्माणमा तदारुकता देखाउनुपर्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराए।
सरकार गम्भीर छ— प्रधानमन्त्री
प्रधानमन्त्री कार्कीले भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले स्थलगत निरीक्षण गरेर फर्किसकेको र सरकार यो विषयमा गम्भीर रहेकोजानकारी दिइन्।
चुनावी तापक्रम बढ्दै, युवा नेतृत्वको बहस चर्किँदै
अब प्रश्न उठ्छ—
इलाम–२ मा सुहाङ नेम्बाङको पुनरागमन हुन्छ?
प्रधानमन्त्रीको ‘युवा कार्ड’ ले चुनावी राजनीतिमा कस्तो असर पार्ला?
सबैको नजर अब चुनावी मैदानतर्फ



प्रतिकृया दिनुहोस्