निक्कीको ३१औँ वार्षिक साधारणसभा सम्पन्न, नेपालमा लगानीका ६ प्रमुख अवरोध तथा सीमापार विद्युत् व्यापारमा छलफल।
काठमाडौँ, डिसेम्बर २१ – नेपालमा लगानी आकर्षित गर्न अनिश्चितसंक्रमणकाल, नियामक संरचनाको विखण्डन, धेरै सरकारी निकायहरूकोसंलग्नता, स्थानीय तहबीचको दोहोरोपन, स्पष्ट उत्तरदायित्वको अभाव तथासम्झौता कार्यान्वयनको कमजोरी प्रमुख अवरोधहरू भएको नेपालविश्वविद्यालयका कुलपति डा लोहनीले बताएका छन्।
नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बर (निक्की)को ३१औँ वार्षिकसाधारण सभामा ‘नेपालमा भारतीय लगानी विस्तारका लागि प्रणालीगतसुधार’ विषयमा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै, एसियाली विकासबैंकका पूर्व उपाध्यक्ष डा लोहनीले नेपालमा लगानीका ६ प्रमुख अवरोधहरूउल्लेख गर्दै नेपाल सरकारलाई ढोकामा बसेर लगानी रोक्ने द्धारापाल होइन, साझेदारका रूपमा काम गर्न आग्रह गरे। “स्वीकृतिबाट सहजीकरणतर्फ जानसरकारले द्वारपाल होइन, साझेदारका रूपमा काम गर्नुपर्छ,” उनले भने, यसका लागि सोचमा परिवर्तन आवश्यक रहेको जोड दिंदै उनले“लगानीकर्ता एक्लै नआउने, उनीहरुसँग प्रणालीपनि आउने पनि बताए।
उनले नीतिगत सुनिश्चितता, छिटोछरितो काम र विश्वसनीयताका लागिसरकारलाई स्पष्ट सिफारिस गर्दै भने, “अन्यथा अनिश्चितताका कारणलगानी हामीलाई छलेर अन्तै जानेछ।”
डा लोहनीले निक्कीलाई पनि सरकारलाई संरचनागत सुधारका लागिसघाउन सुझाव दिए।
यस्तै, इन्जिनियर लालकृष्ण केसीले सहजीकरण गरेको ‘लगानी तथासीमापार विद्युत् व्यापारमा निजी क्षेत्रको सहकार्य’ विषयमा प्यानल सत्र पनिसम्पन्न भयो, जहाँ सहभागीहरूले नेपाली निजी क्षेत्रद्वारा विद्युत् व्यापारकोसम्भावनाबारे चर्चा गरे।
कार्यक्रममा अरुणाचल प्रदेश पावर कर्पोरेसनकी प्रबन्ध निर्देशक नेहाअग्रवालले भारतभित्र तथा देशहरूबीच हुने विद्युत् व्यापारको अनुभव बाँडिन्।
त्यसैगरी, विद्युत् नियमन आयोगका अध्यक्ष डा राम प्रसाद धितालले विद्युत्व्यापारसम्बन्धी प्रावधान तथा ऐनमा भएका पछिल्ला विकासबारे जानकारीदिए।
छलफलका क्रममा नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्र देवशाक्यले विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई स्वागत गरे।
भारतीय दूतावासका प्रथम सचिव (वाणिज्य) सुमन शेखरले नेपालमाभारतीय लगानी, विशेषगरी जलविद्युत् क्षेत्रमा केन्द्रित प्रकाश पारे। उनलेनेपाली विद्युत् उत्पादकहरूलाई जनवरीमा भारतमा आयोजना हुने ‘इन्डियाएनर्जी वीक’ मा सहभागी हुन आमन्त्रण पनि गरे।
नेपालका लागि भारतका पूर्व राजदूत मनजीव सिंह पुरीले बजार पहिचान गर्ननेपाललाई आग्रह गर्दै, नेपाल ठूलो सम्भावना भएको देश भएको र अब नयाँनिजी क्षेत्रका खेलाडीहरूलाई विकसित गर्न आवश्यक रहेको बताए।
उक्त अवसरमा विशेष मन्तव्य दिँदै भारतीय दूतावासका उप–मिशन प्रमुख डाराकेश पाण्डेले नेपाल–भारत आर्थिक सम्बन्ध सुदृढीकरणका लागिदूतावासले थालेका पहलहरूबारे जानकारी गराए।
निक्कीका कार्यकारिणी सदस्य तथा स्वतन्त्र उर्जा उत्पादक संघका उपाध्यक्षउत्तम भ्लोने लामाले भने, “नेपाल सबैभन्दा जलविद्युत् गतिविधिमय देश हो।जलविद्युत् उत्पादनमा सफलता पछि निजी क्षेत्र अब प्रसारण लाइनतर्फकेन्द्रित हुन चाहन्छ।”
सत्रको उद्घाटन गर्दै अर्थमन्त्री रमेश्वर प्रसाद खनालले निजी क्षेत्रलाई बजारकसरी सञ्चालन हुन्छ भन्ने बुझेर बजार पहुँच विस्तार गर्न सुझाव दिए।“निक्कीले नेपाली र भारतीय लगानीकर्ताबीच अझ राम्रो सम्बन्धको आधारनिर्माण गर्न सक्छ,” उनले भने।
अर्थमन्त्री खनालले भोटेकोशी जलविद्युत्, सोल्टी होटल, युनिलिभर नेपाल, डाबर नेपाललगायत निक्कीका सबैभन्दा बढी कर तिर्ने सदस्यहरू तथा क्किीसदस्य तथा उच्चतम व्यक्तिगत करदाता राजबहादुर शाहलाई प्रशंसा–पत्रपनि प्रदान गरे।
अर्थमन्त्रीले ‘स्थानीय सीप हस्तान्तरण, व्यावसायीकरणको सम्भावना रमहिला सशक्तीकरण’ शीर्षकको बेसलाइन सर्वेक्षण प्रतिवेदन पनिसार्वजनिक गरे। प्रतिवेदनले विशेषत तितौराको निर्यात सम्भावना उजागरगर्दै, मध्यम, साना तथा सूक्ष्म उद्योग अन्तर्गतका महिला नेतृत्वका व्यवसायप्रवर्द्धनका उपायहरू सरकारलाई सिफारिस गरेको छ।
समापन मन्तव्यमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिल सिन्हालेविभिन्न क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी वृद्धि भएको जानकारी गराए।
साधारण सभामा अतिथिहरूलाई स्वागत गर्दै निक्की अध्यक्ष सुनील केसीलेगत एक वर्षमा निक्कीले ले गरेका गतिविधि तथा आगामी वर्षका योजनाबारेजानकारी गराए।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डे तथा नेपाल चेम्बर अफकमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाल–भारतबीचको द्विपक्षीयव्यापार तथा आर्थिक सम्बन्ध सुदृढीकरणमा निक्ककिो भूमिकालाई विशेषरूपमा उल्लेख गरे।
सभामा निक्कीका उपाध्यक्ष कुनाल कयालले धन्यवाद ज्ञापन गरेका थिए।


प्रतिकृया दिनुहोस्