एनएमबि बैंकले ल्यायो अनलाइन कर्जा ट्र्याकिङ सुविधा, ग्राहकले वास्तविक समयमा आफ्नो आवेदनको ट्र्याक गर्न सक्ने
- thantikhabar
- December 17, 2025
189
SHARES
एनएमबि बैंकले आफ्ना ग्राहकहरूका लागि एक महत्त्वपूर्ण डिजिटल सुविधाको सुरुवात गरेको छ । बैंकले अब ग्राहकहरूलाई व्यक्तिगत र साना तथा मझौला (MSME) कर्जा आवेदनको जानकारी वास्तविक समयमा (Real-Time) ट्र्याक गर्न सक्ने सुविधा उपलब्ध गराएको छ । यस सुविधाको सुरुवातसँगै कर्जाका लागि आवेदन दिएका ग्राहकले आफ्नो आवेदनको अवस्था बुझ्नका लागि बैंकको शाखासम्म धाउनुपर्ने वा फोन कल गर्नुपर्ने झन्झटबाट मुक्ति पाएका छन् ।
बैंकमा कर्जाका लागि आवश्यक कागजातहरू पेश गरेपश्चात् ग्राहकले एउटा ‘ट्र्याकिङ नम्बर’ प्राप्त गर्नेछन् । सो नम्बर प्रयोग गरी ग्राहकहरूले बैंकको वेबसाइटमा गई डिजिटल बैंकिङ (Digital Banking) खण्डमा गएर र अनलाइन कर्जा ट्र्याकिङ (Online Loan Tracker) चयन गरी वा सिधै https://digi.nmb.com.np/loan-tracker मा गएर पनि आफ्नो कर्जा प्रक्रिया कहाँ पुग्यो भन्ने जानकारी लिन सक्नेछन् ।
यो सुविधाले ग्राहकलाई थप सुविधा प्रदान हुने साथै कर्जा प्रक्रियामा पारदर्शिता पुग्ने कुरामा बैंकले बिश्वास लिएको छ ।
एनएमबि बैंकले हाल देशभर २०२ वटा शाखा, १८४ वटा एटिएम र ९ वटा एक्सटेन्सन काउन्टरहरू मार्फत आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
- Nepal Real Estate and Construction Expo Scheduled for September
- सेप्टेम्बरमा ‘नेपाल रियल स्टेट एण्ड कन्स्ट्रक्सन एक्स्पो’ हुँदै, हरित तथा व्यवस्थित शहरीकरणमा जोड
- दक्षिण एशियाली ज्योतिष महासंघको महासचिवमा रविन पंगेनी सर्वसम्मत निर्वाचित
- विभिन्न स्थानमा भएका सवारी दुर्घटनापछि सुरक्षा सतर्कता बढाइँदै
- वैदेशिक रोजगारी ठगीविरुद्ध प्रहरीको सक्रियता : ७ जना पक्राउ, पीडितलाई न्याय दिलाउने प्रयास
- नेपाल बिजनेस समिट २०२६ भब्य सफलतापूर्वकसम्पन्न
- NEPAL BUSINESS SUMMIT 2026 CONCLUDES SUCCESSFULLY
- UNESCAP–NICCI – MoPIT ले नेपालमा भू–परिवेष्टित विकासशीलदेशहरूका लागि दिगो यातायात कोरिडोर अगाडि बढाउन राष्ट्रिय कार्यशालाआयोजना गर्र्यो ।
- UNESCAP–NICCI – MoPIT Convene National Workshop on Advancing Sustainable Transport Corridors for Landlocked Developing Countries in Nepal
- आजको मौसम समाचार: बुधवार, ६ जेठ २०८३ | 20 May 2026

प्रतिकृया दिनुहोस्