खोलाले बगाएर तथा डुबेर मृत्यु

खोलाले बगाएर तथा डुबेर मृत्यु

काठमाडौं, २१ असोज

नुवाकोट, लिखु गाउँपालिका-४ गड्खार बस्ने ६५ वर्षीयढकाल राई भन्ने पर्ण बहादुर राईको सोही ठाउँस्थित तादी खोलाले बगाएर सोमबार साँझ मृत्यु भएको छ । खोलाले बगाएरबेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ढिकुरेबाट खटिएको प्रहरीले स्थानको सहयोगमा खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।

सुनसरी, हरिनगरा गाउँपालिका- भुटहा बस्ने नियामुदिन साफको छोरा वर्षीय फरान साफको आफ्नै घरकोगनमा जमेको पानमा डुबेर सोमबार साँझ मृत्यु भएको छ । ुबेर अशक्त भएका उनको जिल्ला अस्पताल ईनरवामाउपचारको क्रममा मृत्यु भएको हो

धनुषा, जनकपुरधामपमहानगरपिका-२१ कुर्था बस्ने धर्मेन्द्र महासेठको छोरा वर्षीय यन्स महासेठको सोही ठाउँस्थितइम्ली पोखरीमा डुबेर सोमबार साँझ मृत्यु भएको छ । डुबअशक्त भएका उनको जानकी हेल्थ केयर जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

चितवन, राप्ती नगरपालिका-२ गड्यौली बस्ने इश्वर बर्तौलाको छोरा वर्षीय आयुष बर्तौलाको घर नजिकै रहेको पानी जमेको खाल्डोमा डुबेर सोमबार साँझ मृत्यु भएको छ । डुबेर अशक्त भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।