अवैध लागूऔषध सहित बिभिन्न स्थानबाट ५ जनापक्राउ

अवैध लागूऔषध सहित बिभिन्न स्थानबाट ५ जनापक्राउ

काठमाडौं, १ असोज

भोजपुर, हतुवागढी गाउँपालिका-९ ज्यामिरे भञ्ज्याङबाट अवैध लागूऔषध गाँजा १२ किलोग्राम सहित ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमाहतुवागढी गाउँपालिका-१ घर भई झापा शिवसताक्षी नगरपालिका-७ बस्ने २९ वर्षीय रूद्र बहादुर कामी, मोरङ उर्लावारी नगरपालिका-५ बस्ने ३८ वर्षीय संतोष विश्वकर्माझापा कन्काई नगरपालिका४ बस्ने २८ वर्षीय राजेश चौहानरहेका छन्प्ररी चौकी हसनपुरबाट खटिएको प्रहरीले को.३७ प ४५७८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

बारा, बिश्रामपुर गाउँपालिका-१ खेखरियाबाट अवैधलागूऔषध गाँजा करिब १ किलोग्राम सहितोही ठाउँ बस्ने४६ वर्षीय बिनोद पंडित कुमहार भन्ने मुसा पंडित कुमहारलाईबुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । लाका प्रहरीकार्यालय छतवााटटिएको प्रहरीले नेपालबाट भारततर्फसाकलमा जाँदै गरेका उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

कैलाली, कापुर नगरपालिका-१ शक्तिनगरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय अर्पण चौधरीलाईबुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।