चट्याङ लागेर मृत्यु

चट्याङ लागेर मृत्यु

मकवानपुर, २१ भदौ
हेटौंडा उपमहानगरपालिका-१६ घर भएका ३७ वर्षीय बुद्ध बहादुर प्रजाको चट्याङ लागेर शुक्रबार राति मृत्यु भएको छ । सोही उपमहानगरपालिका-१५ कमेरो पानीस्थित पैदल हिडिरहेको अवस्थामा चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।