मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

काठमाडौं, १५ भदौ

दाङ, तुलसीपुर उपमहानगरपालिका-१५ कोठरी बस्ने ४८वर्षीय लंक बहादुर घर्तिमगर सोही उपमहानगरपालिका–१८ मानपुरस्थित पानी ट्याङकीमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

सल्यान, सिद्ध कुमाख गाउँपालिका-१ कुकुरेखोर बस्ने ४५वर्षीया भिमी बुढाथोकी सोही गाउँपालिका-१ पटारेमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।

नवलपरासी पश्‍चिम, सुस्ता गाउँपालिका-२ छिवनीस्थित भारतीय गण्डक नहरको फलामे पुल नजिक बाटोको छेउको झाडीमा हाल नाम, थर र वतन नखुलेकी अन्दाजी २७ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।

पाँचथर, हिलिहाङ गाउँपालिका-२ निगुरेपुलस्थित काबेली खोलामा याङवरक गाउँपालिका-५ याङसिङबुङ बस्ने ५५ वर्षीयजित बहादुर दर्जी शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।