आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, २१ असार    

मोरङ, विराटनगर महानगरपालिका-९ बसपार्क नजिक सडक छेउमा रोक राखेको को. ज ३०२३ नबरको म्याजिक्यानमा शुक्रबार दिउँसो आगलाग हुँदा्यान र्णपमा जलेर क्षति भएको छ ।

सिराहा, सिरहा गरपालिका-थाना मा सोही नगरपालिका-६ बस्ने रमेश शर्माको शर्मा मेशिनरी पार्ट पसलमाशुक्रबार राति आगलाग हुँदा करिब लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

सप्तरी, राजबिराज गरपालिका१५ देउरी भरवा बस्ने लालेश्वर यादवको गोठमा गए राति आगलगी हुँदा गोठ तथा गोठसँगै रहेको २ वटा घर समेत जलेर करिब लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।