सवारी दुर्घटनामा तीन जनाको मृत्यु

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं, २० असार

चितवन, भरतपुर महानगरपालिका-२९ घुमाउनेस्थित सडकमा .९ प २२०६ नम्बरको मोटरसाइकललाई ना.४ ख ५००७ नम्बरको लेरोले बिहीबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक कास्की लेखनाथ नगरपालिका-२९ बस्ने ३० वर्षीय सन्तोष विकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल एसआर ६९ बी ५६२२ नम्बरको ट्याङ्करमा समेत क्कर खाई दुर्घटनामा भएको थियो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

मकवानपुर, हेटौडा उपमहानगरपालिका-१० राप्तीरोडस्थित सडकमा बुद्धचोकबाट थानाभर्‍याङतर्फ जाँदै गरेको ना.४३ प ४५१५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा चालक धनुषा जनकपुरधाम उपमहानगरपालिका-४ बस्ने ४५ वर्षीय दिपेन्द्र कुमार झा को मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

सिराहा, धनगढीमाइ नगरपालिका-१० धनगढी बजारस्थितसडकमा म. प्र. ०१-००१ क ०३११ नम्बरको टिले स.५.प.३०२२ नम्बरको मोटरसाइकललाई बिहीबार दिउँसो ठक्कर दिँदा मोसाकल चालक मिर्चैया नगरपालिका-५ बस्ने ५३वर्षीय रामबृक्ष साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा थप उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीलेनियन्त्रणमा लिएको  छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले दिएको छ ।