करेन्ट लागेर मृत्यु

करेन्ट लागेर मृत्यु

बाँके, १३ असार

डुडुवा गाउँपालिका-६ लिहारपुरूवा बस्ने ३४ वर्षीय राजाराम धोबीको करेन्ट लागेर बिहीबार साँझ मृत्यु भएको छ ।

आफ्नै घरमा संचालन गरेको खुद्रा किराना पसलमा विद्युतको नाङ्गो तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको भेरी अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले दिएको छ ।