अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

काठमाडौं, १० असार

मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाबाट अवैध लागूऔषध खैरो हरोइन जस्तो देखिने पदार्थ १३ ग्राम सय मिलिग्राम सहित लमजुङ मरस्याङदी नगरपालिका-२ बस्ने २५ वर्षीय राम कुमार गुरङलाईमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ना.६४ प २४०८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ० मिलिग्रामहित सुनसरी धरान उपमहानगहरपालिका-६ बस्ने २८ वर्षीय करण तामाङलाईसोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउदै गरेक उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो

यसैगरी ोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाबाट अवैध लागूऔषध खैरो हरोइन जस्तो देखिने पदार्थ ग्राम सय मिलिग्राम सहित सुनसरी रामधुनी नगरपालिका-३ बस्ने २१ वर्षीय दिपेश कार्कीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउदै गरेक उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो

यसैगरी मोरङ, सुनवर्षी नगरपालिका-८ हर्सजगडी नजिकबाट अवैध लागूऔषध खैरो हरोइन जस्तो देखिने पदार्थ ४२ ग्राम सय ४० मिलिग्राम सहित सोही नगरपालिका-८ सिक्टी बस्ने १९ वर्षीय अकमल मियालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो

यसैगरी मोरङ, उर्लाबारी नगरपालिका-१ सुकुम्बासी टोल बस्ने २४ वर्षीय भिम बहादुर देवानलाई नियन्त्रित लागूऔषधट्रामाडो९० ट्याब्लेट र भोमिन ९० ट्याबलेट सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मधुमल्लाबाट टिएको प्रहरीले उनको घर तलासी गर्दा उक्तलागूऔषध फेला पारी पक्राउ गरेको हो ।

झापा, भद्रपुर नगरपालिका-५ मेचीबिटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २१ मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-९ बस्ने २५ वर्षीय अजय राजवंशी र २२ वर्षीय पर्शुराम राजवंशी रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउदै गरेको मे.६ प ४८२९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो

यसैगरी झापा, कनकाई नगरपालिका-४ कृषिमार्ग नमुना टोल बस्ने ४० वर्षीया बिमला चौधरीलाई अवैध लागूऔषध गाँजा २ सय ३४ ग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

धनकुटा, चौविसे गाउँपालिका- राजारानी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्रामसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय हेम बहादुर विक र चौविसे गाउँपालिका- मौनाबुधुक बस्ने ३० वर्षीय भुपेन लिम्बहेका छन् । इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको प्रहरीले धरानबाट राजारानीतर्फ आउँदै गरेको को.३९ प ३०३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

बर्दिया, बढैयाताल गाउँपालिका२ फुटाह ४ नम्बरचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ७० मिलिग्राम र नगद १३ हजार रूपैयाँ सहित बाँके बैजनाथ गाउँपालिका-७ पेडरी बस्ने २४ वर्षीय सरोज कुमार चौधरी समेत २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । लाका प्रहरी कार्यालय मैनापोखर समेतबाट खटिएको प्रहरीले भारतको बलई गाउँबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सुर्खेत, रेन्द्रनगर नगरपालिका-‍८ रङ्गशाला नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम २ सय ८० मिलिग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४८ वर्षीय श्याम कुमार श्रेष्ठ र सोही नगरपालिक-६ बस्ने २५ वर्षीय बिजय श्रेष्ठ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले श्याम कुमारको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

सिराहा, लहान नगरपालिका-२ मटिअर्वा टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १६ ग्राम सहित ३ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय बिवेक यादव, सोही नगरपालिका-१ बस्ने ३० वर्षीय सुरेश कुमार साह सुडी र सोही नगरपालिका-२ बस्ने २७ वर्षीय राज कुमार विश्वकर्मा रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहा समेतबाट खटिएको प्रहरीले बिवेकको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी  उनीहरूलाई पक्राउ गरेको हो ।

स सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले दिएको छ ।