काठमाडौं महानगरपालिका-२६ कपुरधारा डेरा गरी २४ वर्षीय रोशन ज्ञवालीको कोठाबाट विभिन्न धनमाल चोरी

काठमाडौं महानगरपालिका-२६ कपुरधारा डेरा गरी २४ वर्षीय रोशन ज्ञवालीको कोठाबाट विभिन्न धनमाल चोरी

काठमाडौं, ८ असार

​काठमाडौं महानगरपालिका-२६ कपुरधारा डेरा गरी बस्ने रूपन्देही सिद्धार्थ नगरपालिका–१२ घर भएका २४ वर्षीय रोशन ज्ञवालीको कोठाबाट ल्यापटप, मोबाइल तथा नगद सहित करिब १ लाख ४२ हजार ७ सय रूपैयाँ बराबरको धनमाल आइतबार बिहान चोरी भएको छ ।

​प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले दिएको छ ।