आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, ६ वैशाख  

रौतहट, बौधमाई नगरपालिका-५ कोप्वा बस्ने धर्मेन्द्र जैसवालको घरको अण्डर ग्राउण्ड गोदाममा करेन्ट सर्ट भई शुक्रबार राति आगलागी हुँदा गोदाममा रहेको कपडा, चप्पल,मोटरसाइकल १ तथा अण्डर ग्राउण्ड गोदाम घर समेत पूर्णरूपमा जलेर करिब १ करोड ७६ लाख रूपैयाँ बराबरकोधनमाल नष्ट भएको छ ।

रौतहट, गौर नगरपालिका-४ कबिर चोक बस्ने कृष्णनन्दन पेटलको घरमा शुक्रबार राति आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब २१ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएकोछ ।

यसैगरी रौतहट, इशनाथ नगरपालिका-३ बस्ने रामाकान्त साहको घरको भन्सा कोठामा शुक्रबार राति आगलागी हुँदा करिब १ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

झापा, विर्तामोड नगरपालिका-२ चैतुबारीस्थित लक्ष्मश्रेष्ठले संचालन गरेको रिद्धिसिद्धि प्लाई फ्याक्ट्रमा प्लाई सुकाउने ड्रायर मेसिन तातेर शुक्रबार राति आगलागी हुँदा प्लाईसुकाउने मेसिन जलेर करिब ९० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

बाँके, राप्तसोनारी गाउँपालिका-६ गुलरी सामुदायिक वनस्थित नेपालगंज अगैया हुलाकी सडकमा नेपालगंजबाट बुटवलतर्फ जादै गरेको प्रदेश ३-०१-००६ ख ०९८३ नम्बरको बसमा करेन्ट सर्ट भई शुक्रबार बेलुकी आगलाग हुँदा करिब ६० लाख रूपैयाँ बराबरको धनमाल जेर नष्ट भएको छ ।

्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻
नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)