सवारी दुर्घटनामा तीन जनाको मृत्यु

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं, चैत  

काठमाडौं महानगरपालिका-११ बबरमहलस्थित सडकमा प्र.२-०३-०१८ प ५८३४ नम्बरको स्कुटरलाई प्र.३-०२-०१० प ६९५४ नम्बरको मोटरसाइकलले शनिबार बिहान ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जना र स्कुटरमा सवार जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

चितवन, भरतपुर महानगरपालिका-२५ छाताचोकमा ना.५१ प ०४० नम्बरको मोटरसाइकल बा.प्र.०६-००२ १३०४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाशुक्रबार दिउँसो दुर्घटना हुँदा ना.५१ २०४० म्बरको मोटरसाइकल चालक भरतपुर महानगरपालिका-२७ बस्ने ३९वर्षीय टेक बहादुर पुलामी मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ना.५१ प ०४० नम्बरको मोटरसाइकलमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भनेबा.प्र.०६-००२ १३०४ नम्बरको मोटरसाइकलमा सवार २ जनालाई उपचारको लागि भरतपुर सरकारी अस्पतालपठाएको छ ।

मोरङ, सुनवर्षी नगरपालिका-३ तल्लो भेलाइ टोलस्थित सडकमा सुनवर्षीबाट खैरबारीतर्फ आउँदै गरेको प्रदेश.१-०२-००३ त ०७५२ नम्बरको ट्याक्टरले प्रदेश१-०४-००१ प ४०११ नम्बरको मोटरसाइकल शुक्रबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक सुनवर्षी नगरपालिका-३ बस्ने ३१ वर्षीय भुपेन्द्र कटुवालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाते भएका उनको न्यरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाईप्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻
नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)