स्रोत नखुलेको रकम सहित पक्राउ

स्रोत नखुलेको रकम सहित पक्राउ

मोरङ, २६ चैत

विराटनगर महानगरपालिका महेन्द्र चोबाट स्रोत नखुलेको नगद ७ लाख १५ हजार रूपैयाँ सहि सोही महानगरपालिका-१५ बस्ने २४ वर्षीय रोहित कुमार साहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)