जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं, १५ चैत

इलाम, ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा इलाम नगरपालिका-४ बरबोटे बस्ने २२ वर्षीयदिपेश नेपालीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । दिपेशले ती बालिकालाई बरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट बिब्ल्याटेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो

बर्दिया, ३ वर्षीया बालिकालजबरजस्ती करणी गरेको अभियोगमा राजापुर नगरपालिका-१० लालपुर बस्ने ३५ वर्षीय बसन्त थारलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । बसन्तले ती बालिकालाई सोही नगरपालिका-१० कोठियाघाटस्थित गेरवा कर्णाली नदको किनारमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻
नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)