आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, १० चैत

सर्लाही, हरिपुर्वा नगरपालिका-३ धनकौलस्थित रविन्द्र रायको किराना पसलमा आइतबार बिहान आगलागी हुँदा करिब २ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल लेर नष्ट भएको छ ।

सप्तरी, सुरङगा नगरपालिका-प्रमाणपुर टोल बस्ने काशी मण्डलको गोठमा आइतबार बिहान लागेको आगो फैलिएर सोही ठाउँ बस्ने चन्द्रदेव मण्डलको घरमा समेत आगलागी हुँदा दुवै जनाको गरी करिब ३ लाख ७९ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

कालिकोट, खाँडाचक्र नगरपालिका-६ दाहा बस्ने अनिपाल शाहको घरमा विद्युत र्ट भई आइतबार दिउँसो आगलागी हुँदा करिब २ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

कैलाली, धनगढी उपमहानगरपालिका-१६ आमबारी टोलबस्ने हर्क बहादुर रामजाली मगरको घर, बिकास बिको घरसर बिको गोठमा आइतबार दिउँसो आगलागी हुँदा तीनै जनाको गरी करिब ५ लाख रूपैयाँ बराबरको धनमाल जलनष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दाथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै स सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)