अवैध लागूऔषध सहित चार जना पक्राउ

अवैध लागूऔषध सहित चार जना पक्राउ

काठमाडौं, १० चैत

रूकुम पश्चिम, आठविसकोट नगरपालिका-१३ गाउँबारीबस्ने निर्मल परियारलाई अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ सय ग्राम र चरे जस्तो देखिने पदार्थ ५ ग्राम सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय आठविसकोटबाट खटिएको प्रहरीले उनको घरतलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो

मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हरोइन जस्तो देखिने पदार्थ २्राम सय ० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा केराबारी गाउँपालिका-७ बस्ने २३ वर्षीय सनम राई र २७ वर्षीयपेश तामाङ रहका छन् । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी मोरङ, उर्लाबारी नगरपालिका-बाट अवैध लागूऔषध गाँजा ५ किलोग्राम सहित धनकुटा हिदमि गाउँपालिका-७ बस्ने ६३ वर्षीय जिवन राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले धरानबाट काँकडभिट्टातर्फ आउँदै गरेको को. ख ७३९८ नम्बरको बसमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

स सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)