आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं, १० चैत
रूकुमु पूर्व, सिस्ने गाउँपालिका-४ रागुना बस्ने २८ वर्षीयनरेश घर्तिको घरमा शनिबार दिउँसो आगलागी हुँदा घरपूर्णरुपमा जलेर नष्ट भएको छ ।
रूपन्देही, देवदह नगरपालिका-७ सावित्री टोलस्थित देवदह खानेपानी संस्थाको कम्पाउण्ड भित्र रहेको पाईपमा शनिबार दिउँसो आगलागी हुँदा करिब १० लाख रूपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।
धनकुटा, शहिदभूमि गाउँपालिका–४ पिप्ले बस्ने दिपक विश्वकर्माको गोठमा शनिबार दिउँसो आगलागी हुँदा गोठ र गोठभित्र रहेको काठ लगायतका सामानहरू जलेर करिब २लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
बारा, सिम्रौनगढ नगरपालिका-६ स्थित विद्युत कार्यालयको जिन्सी स्टोर रूममा विद्युत सर्ट भई शनिबार दिउँसो आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
गुल्मी, ईस्मा गाउँपालिका-१ जुकेपानीस्थित निस्दिखोलाको जङ्गलमा शनिबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने ५० वर्षीया कमला कुँवरको घर र गोठमा समेत आगलागी हुँदा घर र गोठ पुर्णरूपमा जलेर नष्ट भएको छ ।
रौतहट, गरूडा नगरपालिका-४ गरूडा बजारस्थित बारा महागढीमाई नगरपालिका-५ बगरमपुर बस्ने २८ वर्षीय हरिशंकर जैसवालको जैसवाल जेनरल स्टोरमा गए राति आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
सप्तरी, डाक्नेश्वरी नगरपालिका-६ बथनाहा बस्ने गंगा राम मण्डलको घरमा शनिबार दिउँसो आगलागी हुँदा करिब १लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
✍🏻✍🏻
नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)



प्रतिकृया दिनुहोस्