आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं, ७ चैत
पाँचथर, तुम्वेवा गाउँपालिका-५ हाङगुमस्थित सामुदायिक वनमा लागेको आगो फैलिएर सोही ठाउँ बस्ने पदम लाल तामाङको घर र गोठमा समेत बुधबार दिउँसो आगलागी हुँदा करिब १० लाख ५७ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
कञ्चनपुर, कृष्णपुर नगरपालिका-५ बम्पुर टोल बस्ने नैन सिंह बिष्टको गोठमा बुधबार राति आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब १ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
संखुवासभा, चैनपुर नगरपालिका-११ डाँडागाउँ बस्ने बिनोद राईको घरमा बुधबार राति लागेको आगो फैलिएर उनकैभाइ दिल कुमार राईको घर समेत पूर्णरूपमा जलेर करिब २० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यसैगरी संखुवासभा, खाँदबारी नगरपालिका-१ पोखरी बजार बस्ने रामु विश्वकर्माको घरमा बिहीबार बिहान आगलागी हुँदा करिब १ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
खोटाङ, ऐसेलुखर्क गाउँपालिका-३ लबुवास्थित सामुदायिक वनमा बुधबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने नर बहादुर राईको २ वटा घर र उनको छोराको १ वटा घर जलेर करिब ९ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
सल्यान, कालिमाटी गाउँपालिका-२ खैरिकाँडा बस्ने ४५ वर्षीयकेशलाल वलीको घर र गोठमा गए राति लागेको आगो फैलिएर सोही ठाउँ बस्ने ५२ वर्षीय प्रेम बहादुर बिकको घर समेत पूर्णरूपमा जलेर करिब ६ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
✍🏻✍🏻
नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)



प्रतिकृया दिनुहोस्