अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ

काठमाडौं, चैत  

मोरङ, विराटनगर महानगरपालिका-१६ बाट नियन्त्रित लागूऔषध फेनारग ७ एम्पुल, डाइजेपाम ७ एम्पुल, एभिल ७ एम्पुल र लुपिजेसिक ७ एम्पुल सहित सुनसरी इटहरी उपमहानगरपालिका-३ बस्ने ३८ वर्ष कर्ण बहादुर राईलाईसोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हरोन जस्तो देखिने पदार्थ करिब ४ ग्राम ८ सय ३० मिलिग्राम सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेलबारी नगरपालिका-३ बस्ने २९ वर्षीय ऐलिन भुजेल, सुन्दरहरैचा नगरपालिका-६ बस्ने २४ वर्षीय निश्‍चल तामाङ र २३ वर्षीयगोबिन्द नेपाली रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउदै गरेकऐलिनलाई ३ ग्राम ५ सय २० मिलिग्राम तथा निश्चल र गोबिन्दलाई १ ग्राम ३ सय १० मिलिग्राम उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१६ दक्षिण गेटबाट नियन्त्रित लागूऔषध नाइट्राभेट सय ट्याब्लेट, एभिल ७ एम्पुल, लुपिजेसिक ७ एम्पुल, फेनारगन ७ एम्पुल र डाइजेपाम ७ एम्पुल सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी इटहरी उपमहानगरपालिका-९ बस्ने २१ वर्षीय राकेश मल्लिक र सुनसरी बराहाक्षेत्र नगरपालिका-८ बस्ने २२ वर्षीय शमिर धामीरहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउदै गरेका उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

सुनसरी, धरान उपमहागरपालिका-११ मंगलवारे चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय १० ट्याब्लेट र स्पासपेन २ सय १० ट्याब्लेट सहित सोही उपमहानगरपालिका-१० बस्ने ३६ वर्षीय बिनोद राईलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलाय धरानबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

रूकुम पश्चिम, मुसिकोट नगरपालिका- मठबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २७ ट्याब्लेट, स्टास्टेन १२ ट्याब्लेट र नगद ६ सय ५० रूपैयाँ सहित सोही नगरपालिका-१चन्दनाथ टोल बस्ने रूकुम पूर्व सिस्ने गाउँपालिका-६ घर भएका २४ वर्षीय गोपाल गुरलासोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो  ।

रूपन्देही, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल तर्फको एराइभल गेट नजिकैबाट अवैध लागूऔषध गाँजा ७ किलो ५ सय ग्राम सहित भारत मुम्बई महाराष्ट्र घर भएकी ४५ वर्षीया गुलनाज बैगलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । थाई एयर एसियाको उडानद्वारा थाइल्याण्को बैङ्ककबाट नेपाल आएकी उनलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

झापा, मेचीनगर नगरपालिका६ मेचपुलबाट अवैध लागूऔषध खैरो हेरोन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ४० मिलिग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गौरादह नगरपालिका९ घर भई अर्जुनधारा नगरपालिका११ बुट्टाबारी बस्ने ३६ वर्षीय दिलिप कुमार गिरी र अर्जुनधारा नगरपालिका११ बस्ने २५ वर्षीयसुरज राई रहेका छन् । लागऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाटनेपालतर्फ आउदै गरेको सिटिसफारिमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻
नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)