भरूवा बन्दुक सहित एक जना पक्राउ

भरूवा बन्दुक सहित एक जना पक्राउ

डोटी, २ चैत  

शिखर नगरपालिका-७ उजेल गाँउ बस्ने ३८ वर्षीय मान बहादुर कुँवरलाई भरूवा बन्दुक १ थान सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मान बहादुरको घरमा अवैध हतियार हेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी तिलतालीबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻
नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)