अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ
काठमाडौं, २ चैत
सुनसरी, धरान उपमहानगरपालिका-१४ खत्रीधाराबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय २५ ट्याब्लेट र स्पास्पेन १ सय २५ ट्याब्लेट सहित सोही उपमहानगरपालिका-४ खैरेनीटार बस्ने ४५ वर्षीय संजिव थापालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी पत्राङवारीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
बर्दिया, बढैयाताल गाउँपालिका-७ कर्णालीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम २ सय ३० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके कोहलपुर नगरपालिका–१ बस्ने २० वर्षीय बिजय जंग शाही र सोही नगरपालिका-२ बस्ने ३० वर्षीय लोक बहादुर सोमे मगर रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
रूकुम पश्चिम, मुसिकोट नगरपालिका–१ त्रिवेणी चोकबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम ११ ट्याब्लेट र नगद १९ हजार ४ सय ३५ रूपैयाँ सहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मुसिकोट नगरपालिका–१० चुन घर भई सोही नगरपालिका-५ सेरीगाउँ बस्ने २३ वर्षीय दिपक बिक, सोही नगरपालिका-१ कैलदेउ बस्ने २३ वर्षीय ओपिराम बोहरा र बाँफिकोट गाउँपालिका–५ काँडा घर भई मुसिकोट नगरपालिका–१ पातुखोला बस्ने २३ वर्षीयअनिल केसी रहेका छन् । जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
झापा, दमक नगरपालिका-४ ताराबारी चोकबाट नियन्त्रित लागूऔषध स्पास्पेन २० ट्याब्लेट र नगद ३ हजार ७ सय रूपैयाँ सहित सोही नगरपालिका-४ बरगाछी बस्ने ३५वर्षीय शिव कुमार सोरेन समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट ताराबारीबाट खटिएको प्रहरीले प्र.१-०२-०४२ प २ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
चितवन, भरतपुर महानगरपालिका-३ कमलनगरस्थित बाग्लुङ कालिका खाजा घरबाट अवैध लागूऔषध गाँजा करिब १० किलोग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा खाजा घरका संचालक भरतपुर महानगरपालिका-२९ कुसुमटार घर भएका ३५ वर्षीयराजेश लामा र कालिका नगरपालिका-८ देवीटार बस्ने २६वर्षीय कृष्ण बिक रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवन र वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले खाजा घरको पछाडि प्यासेजबाट उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
✍🏻✍🏻
नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)



प्रतिकृया दिनुहोस्