आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, २६ फागुन

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-६ नेताचोकस्थित बिनोद कँडेलको घरमा शेर बहादुर थापाले संचालन गरेको लालिकाँडा होटलमा सोमबार दिउँसो आगलागी हुँदा सोही घरमा रहेको जिव बहादुर रावतको फेन्सी पसल र डम्मर बहादुर सार्कीको साइकल पसलमा समेत आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।

कैलाली, कैलारी गाउँपालिका-२ डोङपुर बस्ने छबिलाल चौधरीको घरमा विद्युत सर्ट भई सोमबार बिहान आगलागी हुँदा नगद, सुन, काठ, लत्ताकपडा लगायतका सरसामान जलेर करिब५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानिय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻
नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)