सवारी दुर्घटनामा तीन जनाको मृत्यु

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं, १८ फागुन

भक्तपुर, सुर्यविनायक नगरपालिका-८ जगाती पुल नजिकै सडकमा जगातीबाट साँगातर्फ जाँदै गरेको बा.४१ प ३३४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री भक्तपुर नगरपालिका-७ गोलमढी बस्ने ७० वर्षीया तुलसीमाया तुसीबाखको शनिबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको सूर्यविनायक नगर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै मोटरसाइकलको ठक्करबाट घाइते भएका अन्य ३ जनाको मध्यपुर अस्पताल थिमीमा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कपिलवस्तु, विजयनगर गाउँपालिका-१ नेउलागंजस्थित सडकमा नेउलागंजबाट गुगौलीतर्फ जादै गरेको लु.९ प ३७७० नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक सोही गाउँपालिका- गोबराह बस्ने ४० वर्षीय जनम बहादुर चौधरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको आधारभुत स्वास्थ्य अस्पताल चन्द्रौटामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

रूपन्देही, मायादेवी गाउँपालिका-७ बनगाईस्थित सडकमा लु.३२ प ८७३१ नम्बरको मोटरसाइकललाई लु.१ ज ४४६२ नम्बरको पिकअपले शनिबार राति ठक्कर दिदा मोटरसाइकल चालक कोटहीमाई गाउँपालिका-७ परसहवा बस्ने ३० वर्षीयदिलिप कुमार नाउको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको म अस्पताल भैरहवामा उपचरको क्रममामृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय

प्रहरी महानिरीक्षकको सचिवालय

(केन्द्रीय प्रहरी समाचार कक्ष)