आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, १३ फागुन

इलाम, माई नगरपालिका-८ संघुरखोला बस्ने गोबिन्द बहादुर राईको घरमा विद्युत सर्ट भई सोमबार दिउँसो आगलाग भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।

गुल्मी, चन्द्रकोट गाउँपालिका-५ जोगिस्थान बस्ने २९ वर्षीया बसन्ती कुँवरको गोठमा सोमबार साँझ लागेको आगो फैलिएर सोही ठाउँ बस्ने ४० वर्षीया सिता कुँवरको घरमा समत आगलागी हुँदा घर र गोठ पूर्णरूपमा जलेर करिब लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻 श्रोत
प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)