अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ

काठमाडौं, १३ फागुन

सुर्खेत, वीरेन्द्ननगर नगरपालिका-४ जिरो ड्याम बस्ने २९ वर्षीय दिपेश थापालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय २० मिलिग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र ागूऔषध नियन्त्रण ब्यरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त पदार्थ ला पारी पक्राउ गरेको   हो ।

कैलाली, धनगढी पमहानगरपालिका-७ जोखरताल बस्ने१८ वर्षीय किशोरलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ६० मिलिग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयकैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरकैलाली, धनगढी उपमहानगरपालिका-३ चौराहबाट अवैध लागूऔषध खैरो हरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका-१३ बस्ने २४ वर्षीयस्तम राना समेत २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बिशालनगरबाट खटिएको प्रहरीले सु.प.प्र.०१०१२ प २०६२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कञ्चनपुर, पुनर्वास नगरपालिका-१ गणेश बस्ती बस्ने २२ वर्षीय सुरेश रानालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ ग्राम ६ सय ३० मिलिग्राम सहित सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लाका प्रहरी कार्यालय त्रिभुवनबस्त समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

यसैगरी कञ्चनपुर, मदत्त नगरपालिका-११ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ६० मिलिग्राम सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गरपालिका७ बस्ने २२ वर्षीय उमेश खड्का र सोही गरपालिका-१ बस्ने २८ र्षीय मनोज कुँवर रहेका छन् । लाका प्रहरी कार्यालय गड्डाचौकी र लागूषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फउँदै गरेकउनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाअवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय २२ ग्राम ६३ मिलिग्राम सहित भारत बहराईच काजिपुरवा बस्ने २१ वर्षीय अल्बक्स खाँ लाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ, जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कर्यालय जमुनाहाबाटखटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-४ बसपार्कबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ४ किलो २ सय २० ग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कालिकोट खाडाचक्र नगरपालिका-१० बस्ने ३५ वर्षीय विक्रम शाही र ३५ र्षीय भक्त बहादुर शाही रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके र लागूषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले सु.प.प्र.०१-०११ प १८५५ म्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सुनसरी, धरान उपमहानगरपालिका-८ तनकुनेबाट अवैध लागूऔषध गाँजा २९ किलोग्राम सहित धनकुटा हिदभि गाउँपालिका-२ बस्ने २१ वर्षीय सुरेश सिवालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी तीनकुनेबाट खटिएको प्रहरीले धरानबाट ईटहरीतर्फ जादै गरेको बा.८३ प २९०४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

ाङ, तुलसीपुर उपमहानगरपालिका-६ घोराही रोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ५० मिलिग्राम सहित सोही उपमहानगरपालिका-५ बस्ने २९ वर्षीय यशु कवरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻 श्रोत
प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)