अवैध लागूऔषध सहित ६ जना पक्राउ

अवैध लागूऔषध सहित ६ जना पक्राउ

काठमाडौं, ११ फागुन

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध गाँजा किलोग्राम सहित धादिङ थाक्रे गाउँपालिका-३ बस्ने २७ वर्षीय रमेश लामालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेकोप्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले धादिङबाटकाठमाडौंतर्फ आउँदै गरेको बा.४ ख ५२३२ नम्बरको बसमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

बारा, तपुरसिमरा उपमहानगरपलिका पथलैया चबाट अवैध लागूऔषध गाँजा करिब २१ किलोग्राम सहित मकवानपुर राकसिराङ गाउँपालिका-१ बस्ने ४० वर्षीय अर्जुन रम्बा समेत ४ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले नारायणगढबाट वीरगंजतर्फ जाँदै गरेको बा.४ ख ७५१७ नम्बरको बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

सिराहा, मिर्चैया नगरपालिका-६ कटारी च बस्ने ३०वर्षीय बिशाल श्रेष्ठलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम सय मिलिग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)