“एकताको बिगुल: देशप्रेमको सन्देश” – दामोदर भट्ट
- thantikhabar
- March 10, 2026
288
SHARES
हेर न हेर नेपाल हाम्रो, कति राम्रो देश
हिमाल पहाड तराई मिलेर, बनेको सुन्दर वेश
एकताको बिगुल फुकौँ, गुञ्जियोस् गाउँ बस्ती
प्राणभन्दा प्यारो लाग्छ, यो हाम्रो नेपाल सृष्टि।
हिमाली भेगमा जुन झल्किन्छ, चाँदी जस्तै टल्किन्छ
हरियो वन पहाड भित्र, चराको गीत गुञ्जिन्छ
डाँफे र मुनाल नाच्दै उड्छन्, बनको मिठो माया
नदी र खोला सुसाउँदै भन्छन्, नेपाल हाम्रो छाया।
हेर न हेर नेपाल हाम्रो, कति राम्रो देश
हिमाल पहाड तराई मिलेर, बनेको सुन्दर वेश।
कोइली गाउँछ बिहानैमा, मीठो उसको बोली
हावासँगै डाँडापाखा, रमाइलो छ भोली
उकाली ओराली लेक र बेसी, खोला र झरना
मृग र बदेल बनैमा डुल्छन्, शान्त छ यो भावना।
एकताको बिगुल फुकौँ, गुञ्जियोस् गाउँ बस्ती
प्राणभन्दा प्यारो लाग्छ, यो हाम्रो नेपाल सृष्टि।
गाउँ र सहर कोही छैन पराई, सबलाई समेटेर
जुनली रात चम्कँदा यहाँ, गाउँ उज्यालो भएर
माया, साथ र भरोसाले, नेपाली मन फुल्छ
मिलेर गाऔँ देशको गीत, आत्मबल सधैं बढ्छ।
हेर न हेर नेपाल हाम्रो, कति राम्रो देश
हिमाल पहाड तराई मिलेर, बनेको सुन्दर वेश।
हामी सबै मिलेर बस्दा, खुसी हुन्छ गाउँघर
नेपालको माटो सुन जस्तै, मुटुभित्र बस्छ हाम्रो देश
माया, एकता र प्रकृतिले, यो देश सधैं हाँस्छ
एकताको बिगुल बज्दै, उज्यालो भविष्य आउँछ।
हेर न हेर नेपाल हाम्रो, गर्व लाग्ने देश
सधैं गुञ्जिरहोस् यहाँ, नेपालीपनको सन्देश।
- तनहुँको आँबुखैरेनीमा बस र स्कुटर ठोक्कियो: गोरखाका २८ वर्षीय युवक भूपेश घिमिरेको मृत्यु
- दसैँ अवधिमा अप्रत्याशित क्षति: १ सय २४ जनाको मृत्यु, ५ हजार ७ सय बढी सवारी साधन कारबाहीमा
- देशभर भएका विभिन्न सवारी दुर्घटनामा ८ जनाको दर्दनाक मृत्यु: गुल्मीमा मात्रै ६ जनाले गुमाए ज्यान!
- आकर्षक तलबको प्रलोभनमा मलेसिया पठाउँछु भन्दै लाखौँ ठग्ने दुई जना काठमाडौँबाट पक्राउ
- काठमाडौँका घर फोरेर चोरी गर्ने गिरोह पक्राउ: १६ थान मोबाइल र सुन-चाँदीका गरगहनासहित चार भारतीय नागरिक नियन्त्रणमा
- आजको मौसम: हिमाली र पहाडी भूभागमा आंशिक बदली, तराईमा हुस्सु लाग्ने सम्भावना
- २०८३ कार्तिक ९, सोमबार (October 26, 2026) को दैनिक राशिफल:
- देशका विभिन्न स्थानबाट जुवातास र कौडा खेलिरहेको अवस्थामा १५ जना पक्राउ
- सिन्धुलीको रोशी खोलामा डुबेर आमा-छोरीको मृत्यु
- उदयपुरमा १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ
-
बडा दशैँ २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना
October 18, 2026 -
बडा दशैँ २०८३ को हार्दिक मङ्गलमय शुभकामना !
October 18, 2026 -
बडा दशैँ २०८३ को हार्दिक मङ्गलमय शुभकामना!
October 19, 2026 -
बडा दशैँ २०८३ को हार्दिक मङ्गलमय शुभकामना !
October 18, 2026
- तनहुँको आँबुखैरेनीमा बस र स्कुटर ठोक्कियो: गोरखाका २८ वर्षीय युवक भूपेश घिमिरेको मृत्यु
- दसैँ अवधिमा अप्रत्याशित क्षति: १ सय २४ जनाको मृत्यु, ५ हजार ७ सय बढी सवारी साधन कारबाहीमा
- देशभर भएका विभिन्न सवारी दुर्घटनामा ८ जनाको दर्दनाक मृत्यु: गुल्मीमा मात्रै ६ जनाले गुमाए ज्यान!
- आकर्षक तलबको प्रलोभनमा मलेसिया पठाउँछु भन्दै लाखौँ ठग्ने दुई जना काठमाडौँबाट पक्राउ
- काठमाडौँका घर फोरेर चोरी गर्ने गिरोह पक्राउ: १६ थान मोबाइल र सुन-चाँदीका गरगहनासहित चार भारतीय नागरिक नियन्त्रणमा
- आजको मौसम: हिमाली र पहाडी भूभागमा आंशिक बदली, तराईमा हुस्सु लाग्ने सम्भावना
- २०८३ कार्तिक ९, सोमबार (October 26, 2026) को दैनिक राशिफल:
- देशका विभिन्न स्थानबाट जुवातास र कौडा खेलिरहेको अवस्थामा १५ जना पक्राउ
- सिन्धुलीको रोशी खोलामा डुबेर आमा-छोरीको मृत्यु
- उदयपुरमा १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ



प्रतिकृया दिनुहोस्