निराशा – सुदिन ढकाल

निराशा – सुदिन ढकाल

म हिँडिरहेँ अनवरत,
तर गन्तव्य भेटिएन।

म बाँचिरहेँ मृत भएर,
तर श्वास फेरिएन।

सङ्घर्ष त धेरै गरेँ,
तर आशा पलाएन।

हेरिरहेँ टुलुटुलु,
तर दृश्य देखिएन।

म हिँडिरहेँ त्यसै,
तर गन्तव्य फेरि भेटिएन।