आजको राशिफल – २०८२ मंसिर ९, मंगलवार
मार्ग शुक्लपक्ष पञ्चमी → १९:१६ पछि षष्ठी
नक्षत्र: उत्तराषाढा | चन्द्रराशि: मकर
विज्ञानाचार्य ज्योतिष प्रबिण तिमील्सेना : ९८११८३६४५६
मेष – ARIES
अवसर र चुनौती एकैसाथ!
सामाजिक नेतृत्व हातलागी, व्यापारमा फाइदा तर विरोधीबाट सावधान।
वृष – TAURUS
आजको मिहिनेत भविष्यको प्रतिष्ठा।
साथीको सहयोग, दिगो योजनामा सफलता, लोकप्रियता बढ्ने।
मिथुन – GEMINI
स्वास्थ्य कमजोर।
नतिजा ढिलो, धनमाल हराउने सम्भावना—सजग रहनुहोस्।
कर्कट – CANCER
आकर्षक भेटघाट, प्रेम–माया गहिरिने।
नयाँ कामबाट लाभ, परिवारको साथले कठिनाइ हट्ने।
सिंह – LEO
साधन जुटे पनि दौडधुप बढ्ने।
ईर्ष्या गर्नेहरू सक्रिय—धन जोगाउनुहोस्।
कन्या – VIRGO
श्रमको मीठो फल!
आम्दानी बढ्ने, अध्ययनमा प्रगति, बौद्धिक छवि झनै चम्किने।
तुला – LIBRA
खाली आश्वासनमा भरोसा नहोस्।
घर–परिवार, खेतीपाती र साजसज्जामा समय जानेछ।
दोहो¥याएर प्रयास गर्दा सफलता।
वृश्चिक – SCORPIO
अवसर–व्यवधान दुवै!
सहयोगीको साथले काम बन्ने, व्यापारमा राम्रो फाइदा।
धनु – SAGITTARIUS
अध्ययन–ज्ञानमा प्रगति।
आम्दानी स्रोत बढ्ने, सम्झौता र नयाँ काम शुभ।
मकर – CAPRICORN
भेटघाट, भोजन र खुसी!
नयाँ प्रस्ताव, कमजोरी सुधार्ने मौका, व्यक्तित्व निखारिनेछ।
कुम्भ – AQUARIUS
खर्च बढे पनि काम सम्पन्न।
कर्जा/सरसापटबाट धन जुट्ने, साथीको टाढैबाट साथ।
लगानीका अवसर खुल्दा आलस्य नगर्नुहोस्।
मीन – PISCES
कर्मयोगको मीठो फल!
आम्दानी बढ्ने, व्यापार–कृषिमा फाइदा, कर्जा चुक्ता हुने योग।



प्रतिकृया दिनुहोस्