आजको राशिफल: २०८२ चैत २० गते, शुक्रवार
आजको मिति: २० चैत २०८२, शुक्रवार (३ अप्रिल २०२६) तद्नुसार अप्रिल महिनाको ३ तारिख, सन् २०२६ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज वैदेशिक कार्यमा सफलता मिल्नेछ । रोकिएका अधुरा कामहरू पुनः सुचारु हुन सक्छन् । स्वास्थ्यमा सुधार आउनेछ र नयाँ ऊर्जा महसुस गर्नुहुनेछ । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आर्थिक कारोबारमा आज सतर्क रहनुहोला । अनावश्यक खर्च बढ्न सक्छ । तर, साथीभाइको सहयोगले मानसिक तनाव कम हुनेछ । बोल्दा विचार पुर्याउनुहोला, जसले गर्दा विवादबाट बच्न सकिन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
व्यापार व्यवसायमा राम्रो आम्दानी हुने योग छ । नयाँ कार्यको योजना बन्नेछ । कला र साहित्यमा रुचि बढ्नेछ । आज गरिएका लगानीले भविष्यमा राम्रो प्रतिफल दिने देखिन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मनमा शान्ति र आनन्द छाउनेछ । धार्मिक कार्यमा मन जानेछ । कार्यक्षेत्रमा पदोन्नति वा नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ । लामो समयदेखि भेट नभएका आफन्तसँगको भेटले मन प्रसन्न तुल्याउनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफ्नो कार्य क्षमताको उचित मूल्याङ्कन हुने समय छ । शत्रुहरू परास्त हुनेछन् । प्रेम जीवनमा भने केही असमझदारी उत्पन्न हुन सक्छ, धैर्य राख्नुहोला । खानपानमा ध्यान दिनुहोला ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज केही चुनौतीहरूको सामना गर्नुपर्ने हुन सक्छ । काममा ढिलासुस्ती हुनाले मन खिन्न हुन सक्छ । तर, जीवनसाथीको सल्लाहले जटिल समस्याको समाधान निस्कनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
अधुरा रहेका सरकारी कामहरू बन्नेछन् । सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोला । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । आज उपहार वा नयाँ सामान प्राप्ति हुने योग छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आजको दिन निकै उत्साहजनक रहनेछ । स्वास्थ्य राम्रो रहनेछ र पुराना लगानीबाट फाइदा मिल्नेछ । यात्राको अवसर जुर्न सक्छ । घरमा शुभ समाचार प्राप्त हुनाले परिवारमा खुसीयाली छाउनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
तर्क र बहसबाट टाढै रहनु उचित हुनेछ । महत्वपूर्ण निर्णय लिनुभन्दा अघि अनुभवी व्यक्तिको सल्लाह लिनुहोला । मिहिनेत अनुसारको फल प्राप्त नहुँदा केही अलमल पर्न सकिन्छ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
नयाँ साथीभाइ र नयाँ परिवेशसँग घुलमिल हुने अवसर मिल्नेछ । व्यवसायमा नयाँ मोड आउन सक्छ । वैदेशिक यात्राको प्रयास गर्दै हुनुहुन्छ भने आजको दिन फलदायी देखिन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
बौद्धिक कार्यमा सफलता मिल्नेछ । अध्ययन अध्यापनमा रुचि बढ्नेछ । कार्यक्षेत्रमा सहकर्मीहरूको पूर्ण सहयोग प्राप्त हुनेछ । आर्थिक पक्ष सबल रहनेछ र धन सञ्चयको सम्भावना छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आफन्तको सहयोगले रोकिएका कामहरू सम्पन्न हुनेछन् । मनमा नयाँ उमङ्ग पलाउनेछ । पर्यटन र मनोरञ्जनका क्षेत्रमा रुचि बढ्नेछ । शुभ कार्यको योजना बनाउन आजको दिन उत्तम छ ।


प्रतिकृया दिनुहोस्