काठमाडौँ महानगर कार्यपालिकाको बैठक आज बस्दै, बजेट पेसको तयारी अन्तिम चरणमा

काठमाडौँ महानगर कार्यपालिकाको बैठक आज बस्दै, बजेट पेसको तयारी अन्तिम चरणमा

काठमाडौँ, २७ असार – काठमाडौँ महानगरपालिकाको कार्यपालिकाको बैठक आज शुक्रबार दिउँसो २ बजे बस्न लागेको छ। महानगरका मेयर बालेन्द्र साह (बालेन) ले कार्यपालिका बैठक आह्वान गरेका हुन्। कार्यपालिका बैठक अघि बिहान ११ बजे बजेट स्रोत समिति बैठक बस्नेछ भने उपमेयर सुनिता डंगोलको अध्यक्षतामा बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक तय गरिएको छ।

महानगरपालिकाका अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा भएलगत्तै कार्यपालिका बैठकबाट नीति तथा कार्यक्रमसहित आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट नगर सभामा पेस हुनेछ।

यसअघि प्रमुख प्रशासकीय अधिकृत र मेयरबीचको विवादका कारण बजेट प्रक्रियामा ढिलाइ हुँदै आएकोमा अब कार्यपालिका बैठकमार्फत बजेट पेस भई नगर सभा बैठकले तय मितिमा, असार मसान्तभित्रै, बजेट पारित गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ।