भिमसेनथापा गाउँपालिकाको गाउँ सभाको १६ औं अधिवेशन सम्पन्न
भिमसेनथापा गाउँपालिकाको भिमसेनथापा सभाहलमा मिति २०८२ असार ०९ गते सम्पन्न अधिवेशन गाउँपालिकाका अध्यक्ष श्री लोक प्रसाद बंजाराज्यूले अध्यक्षतामा गर्नुभएको थियो । गाउँसभाको १६ औं अधिवेशनमा सभाध्यक्ष श्री लोक प्रसाद बंजाराज्यू मार्फत पेश भएको आर्थिक बर्ष २०८२\०८३ को बार्षिक नीति तथा कार्यकम सम्मानित सभामा पेश गर्नुभएको थियो भने उक्त नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । त्यस्तै गाउँपालिका उपाध्यक्ष श्री अमृता देवी भट्ट वस्तीज्यूले सभामा प्रस्ताव पेश गर्नुभएको तथा गाउँ सभा सदस्य श्री गोपाल वि. क. ज्यूले समर्थन गर्नुभएको भिमसेनथापा गाउँपालिकाको विनियोजन विधेयक २०८२ र आर्थिक विधेयक २०८२ सर्वसम्मत पारित भएको छ ।
आगामी आर्थिक बर्ष २०८२/०८३ को लागि कुल ६१,३२,७८,१०४।– ( एकसठ्ठी करोड बत्तिस लाख अठहत्तर हजार एक सय चार रुपैया मात्र) बजेट तथा कार्यक्रम प्रस्तुत भई पारित भएको छ । त्यसैगरी उपाध्यक्ष एवं स्थानीय राजश्व परामर्श समितिका संयोजक अमृता देवी भट्ट वस्तीज्यूले भिमसेनथापा गाउँपालिकाको स्थानीय राजश्व परामर्श समिति तथा न्यायिक समितिको बार्षिक प्रतिवेदन सभामा पेश गर्नुभएको थियो । त्यसैगरी गाउँ सभा अन्तर्गतका विषयगत समितिहरु क्रमश: सुशासन समिति, विधायन समिति र लेखा समितिको बार्षिक प्रतिवेदन सम्मानित गाउँ सभामा समितिका संयोजकहरु मार्फत पेश भएको थियो । त्यसै गरी गाउँ कार्यपालिका अन्तर्गतका विभिन्न विषयगत समितिका संयोजकहरु सामाजिक विकास समितिका नारायण श्रेष्ठ, आर्थिक विकास समितिका होम बहादुर बरामु, बन बातावरण तथा विपद ब्यबस्थापन समितिका नारायण प्रसाद भट्टराई, पुर्वाधार बिकास समितिका संयोजक बिकास श्रेष्ठ र संस्थागत बिकास तथा सुशासन समितिका संयोजक गोपाल बि.क. ले आर्थिक बर्ष २०८१\०८२ को हाल सम्मको प्रगति प्रतिवेदन गाउँ सभाको १६ औ अधिवेशनमा पेश गर्नुभएको थियो।त्यसैगरी प्रमुख प्रशासकीय भवनको भिमसेनथापा सभाहलमा सम्पन्न अधिवेशनमा भिमसेनथापा गाउँपालिकालाई पुर्ण खोप घोषणा तथा दिगोपना सुनिश्चितता गर्ने गाउँ कार्यपालिकाको निर्णयलाई अनुमोदन गरि अन्य महत्वपूर्ण निर्णयहरु गरेको छ।
अन्त्यमा, गाउँसभा अधिवेशनमा सभाध्यक्ष श्री लोक प्रसाद बंन्जाराज्यूले महत्वपूर्ण भनाई सहित भिमसेनथापा गाउँपालिकाको गाउँ सभाको १६ औ अधिवेशन समापन गर्नुभएको थियो ।
📸📸✍🏻✍🏻 श्रोत : भिमसेनथापा गाउँ पालिका, खान्चोक – गोरखा



प्रतिकृया दिनुहोस्