NRNA Texas Chapter को महिला उपाध्यक्ष पदमा गरिन् लक्ष्मी ढुंगानाले उम्मेदवारि घोषणा

NRNA Texas Chapter को महिला उपाध्यक्ष पदमा गरिन्  लक्ष्मी ढुंगानाले उम्मेदवारि घोषणा

शंकरदेभ क्याम्पस बाट बि. बि. एस पास गरेकी लक्ष्मी ढुंगाना हाल आमेरिकाको टेक्ससमा बसोवास गर्छिन्, जन्म घर नेपालको झापा राजगढ भएकी उनि हाल अमेरिकन सिटिजन हुन्, नजिकिदै गरेको एन. आर. एन. ए. चुनाबमा टेक्सस च्याप्टरको महिला उपाध्यक्षमा आफ्नो उमेदवारी पक्का गर्दै आफ्नो फेस बुक पोस्टमा उनि भन्छिन्,

धन्यवाद !

NRNA NCC USA को सदस्यता अभियानलाई सफल बनाउन सहयोग गर्नु भएका सम्पूर्ण सदस्यहरूलाई हार्दिक धन्यवाद। तपाईंहरूको साथ, सहयोग र सहभागिताले हाम्रो नेपाली समुदायलाई अझ बलियो र एकताबध बनाउन यात्रामा ठूलो प्रेरणा दिएको छ।

★ साथै, म NRNA Texas Chapter को उपाध्यक्ष (W) पदमा उम्मेदवार रहेको जानकारी गराउन चाहन्छु। आगामी दिनहरूमा पनि तपाईंहरूको साथ, समर्थन र सल्लाहको अपेक्षा राखेकी छु ।

लक्ष्मी ढुंगाना
NRNA Texas Chapter को उपाध्यक्ष (W) उम्मेदवार !

२ छोरीकी आमा समेत रहेकी उनि ठाँटी खबर संगको संगको कुराकानीमा भन्छिन्, पुरुष भन्दा नेतृत्वमा महिला पनि केही कमी छैनन्, भन्ने कुरा देखाउन आफु तयार रहेको छु ! उनको श्रीमान् दीपेन्द्र गुरागाई हाल एन. आर. एन. ए. टेक्सस च्याप्टरको अध्यक्ष हुन, सामाजिक छेत्रमा निकै नै रुन्ची राख्ने उनि हाल झापाली समाजको केन्द्रिय सदस्य समेत रहेकी छिन्, आफ्नो श्रीमान् को सामाजिक काम र नेतृत्व बाट उनि प्रेरित भएर उनि चुनाब लड्ने सोचमा पुकेको उनि बताउछिन्,