प्रधानमन्त्री ओली थाइल्यान्डमा
- thantikhabar
- April 1, 2025
171.1K
SHARES
बैंकक, १९ चैत । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीकाे प्रयास (बिमस्टेक)काेे छैटौं शिखर सम्मेलनमा भाग लिनेे क्रममा आज थाइल्यान्डको बैंकक आइपुग्नुभएको छ ।

प्रधानमन्त्री ओली मंगलबार साँझ स्थानीय समय अनुसार ६.१५ बजे बैंकक आइपुग्नुभएको हो ।
उहाँलाई सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलस्थलको विशिष्ट कक्षमा थाइल्यान्डका उपप्रधानमन्त्री एवं यातायातमन्त्री सुरिया जङ्ग्राउनग्रेङकिट दम्पती संस्कृति तथा खेलकुदमन्त्री सोरावोङ थेनबोङ दम्पती र थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वली, नेपालका लागि थाइल्यान्डका राजदूत सावापोङ सिरिसोर्नसहितले स्वागत गर्नुभयो ।

थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातकाे मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलोपटक थाइल्यान्डको औपचारिक भ्रमण भएको हो ।

प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विश्नुप्रसाद रिमाल, आर्थिक-विकास सल्लाहकार डा युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत हुनुहुन्छ ।
📸📸✍🏻✍🏻 प्रधानमन्त्री सचिवालय
- खेतमा पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर ६२ वर्षीयको मृत्यु
- पहिरोले पुरिएर जाजरकोटमा चार जनाको मृत्यु
- जुवातास खेलिरहेको अवस्थामा २६ जना पक्राउ, ९ लाखभन्दा बढी नगद बरामद
- पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा हुन सक्ने, सतर्क रहन मौसमविद्को सुझाव
- आजको राशिफल — १ भदौ २०८३, सोमबार
- नयाँ पुस्ताका फोटोग्राफरका प्रेरणाका स्रोत बने वरिष्ठ फोटोग्राफर दिनेश भण्डारी, ‘मिडिया ठाँटी सम्मान–२०८३’ बाट सम्मानित
- आज देशभर मनसुनी प्रभाव : धेरै स्थानमा वर्षाको सम्भावना
- आजको पूर्ण राशिफल: २०८३ साल भदौ १ गते, सोमबार | १७ अगस्ट २०२६
- जबरजस्ती करणीको अभियोगमा बाँके र कैलालीबाट दुई जना पक्राउ
- आकर्षक तलबको प्रलोभनमा विदेश पठाइदिन्छु भन्दै ३० लाखभन्दा बढी ठगी, तीन जना पक्राउ
-
लागूऔषधसहित सात जना पक्राउ
August 11, 2026

प्रतिकृया दिनुहोस्