मनिपाल राईको शब्द तथा संगीत “आकाशै राम्रो जुनले“ सार्वजनिक
- thantikhabar
- July 15, 2025
361K
SHARES
काठमाण्डौं । नेपाली सांगीतिक क्षेत्रलाई थप रङ्गीन बनाउने प्रयासस्वरूप नयाँ गीत “आकाशै राम्रो जुनले“ सार्वजनिक भएको छ। समसामयिक भाव र परम्परागत लयलाई समेटेर बनाइएको यस गीतले श्रोता तथा दर्शकमाझ गहिरो प्रभाव पार्ने अपेक्षा गरिएको छ।
चर्चित गायक अनिश लिम्बु र गायिका सुनिता थेगिम लिम्बुले गीतमा स्वर भरेका छन्। दुवैको भावपूर्ण आवाजले गीतको भावलाई अझ सशक्त बनाएको छ। मनिपाल राईको शब्द तथा संगीत संयोजनले गीतलाई जीवन्तता प्रदान गरेको छ भने राजु कार्कीको मिक्सिङ र मास्टेरिङले प्राविधिक उत्कृष्टता सुनिश्चित गरेको छ।

गीतको रेकर्डिङ राजा स्टुडियोमा गरिएको हो, जहाँ सुरेश राई र मनोज सामसुन राईले रेकर्डिस्टको भूमिका निभाएका छन्। गीतको भिडियो पक्ष पनि उत्तिकै आकर्षक छ।
भिडियोमा पूर्ण लिम्बू, सुहाङ्मा आङ्बुहाङ लिम्बु, सुरेश सापकोटा, अनिश नुमिहाङ राई, गंगा राई, कल्पना हाङ्खिम राई र सुनिता पन्त जस्ता कलाकारहरूको जीवन्त अभिनय देख्न पाइन्छ।

भिडियो निर्देशन बिजय मगरले गरेका हुन् भने क्यामेरा, सम्पादन र पोस्टर आर्टको जिम्मेवारी अर्जुन खड्काले सम्हालेका छन्। प्रकाश संयोजन अनिल पराजुलीको रहेको छ, र मेकअप आर्टिस्टको रूपमा रबिना लिम्बुको योगदान रहेको छ ।उत्कृष्ठ लोक लय , दृश्य सौन्दर्य र सांस्कृतिक गन्धले भरिएको “आकाशै राम्रो जुनले“ नेपाली सांगीतिक बजारमा नयाँ तरङ्ग ल्याउने विश्वास लिइएको छ।
Source : Sajha Sarokar
- नेपालको रेस्टुरेन्ट क्षेत्रलाई प्रविधिमैत्री बनाउन ‘लिङ्कसोल डिजिटल’को नयाँ प्रणाली सार्वजनिक
- National Assembly Chairman Narayan Prasad Dahal Praises Sino-Nepali Health Cooperation at CMG Documentary Launch
- “नमस्कार, मेरा चिनियाँ चिकित्सक” वृत्तचित्रको नेपाली संस्करण काठमाडौँमा सार्वजनिक: हिमालय जस्तै अटल नेपाल-चीन मित्रता र स्वास्थ्य सहकार्यको चर्चा
- सुरक्षा योजना थप मजबुत बनाई कार्यसम्पादन गर्नुपर्ने – प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसी
- धनगढीमा दुर्लभ वन्यजन्तु चितुवाको छालासहित एक महिला र एक पुरुष पक्राउ
- कोप–३१ मा जिरो वेस्ट सम्बन्धी सम्वाद सम्पन्न, सामूहिक प्रतिबद्धतामा जोड
- आगामी २४ घण्टाको मौसम : हिमाली क्षेत्रमा हिमपातको सम्भावना, यात्रामा सतर्कता अपनाउन आग्रह
- सभामुख अर्याललाई एनआरएनएको ‘मध्यपूर्व क्षेत्रीय सम्मेलन’ मा प्रमुख आतिथ्यताको निमन्त्रणा
- समस्त देश तथा विदेशमा रहनुहुने आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा छठ पर्व २०८३ को हार्दिक शुभकामना!
- बाल साहित्यमा जलेश्वरी श्रेष्ठ’ कृति लोकार्पण
-
भाइटीका २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना!
November 11, 2026 -
भाइटीका २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना!
November 11, 2026
- नेपालको रेस्टुरेन्ट क्षेत्रलाई प्रविधिमैत्री बनाउन ‘लिङ्कसोल डिजिटल’को नयाँ प्रणाली सार्वजनिक
- National Assembly Chairman Narayan Prasad Dahal Praises Sino-Nepali Health Cooperation at CMG Documentary Launch
- “नमस्कार, मेरा चिनियाँ चिकित्सक” वृत्तचित्रको नेपाली संस्करण काठमाडौँमा सार्वजनिक: हिमालय जस्तै अटल नेपाल-चीन मित्रता र स्वास्थ्य सहकार्यको चर्चा
- सुरक्षा योजना थप मजबुत बनाई कार्यसम्पादन गर्नुपर्ने – प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसी
- धनगढीमा दुर्लभ वन्यजन्तु चितुवाको छालासहित एक महिला र एक पुरुष पक्राउ
- कोप–३१ मा जिरो वेस्ट सम्बन्धी सम्वाद सम्पन्न, सामूहिक प्रतिबद्धतामा जोड
- आगामी २४ घण्टाको मौसम : हिमाली क्षेत्रमा हिमपातको सम्भावना, यात्रामा सतर्कता अपनाउन आग्रह
- सभामुख अर्याललाई एनआरएनएको ‘मध्यपूर्व क्षेत्रीय सम्मेलन’ मा प्रमुख आतिथ्यताको निमन्त्रणा
- समस्त देश तथा विदेशमा रहनुहुने आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा छठ पर्व २०८३ को हार्दिक शुभकामना!
- बाल साहित्यमा जलेश्वरी श्रेष्ठ’ कृति लोकार्पण



प्रतिकृया दिनुहोस्