विदेशमा अध्यायनरत विद्यार्थीहरुकालागी शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयले बनायो आकस्मिक सहजिकरण एवम्, भवितब्यका लागी सहायता सहायता कक्ष

विदेशमा अध्यायनरत विद्यार्थीहरुकालागी शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयले बनायो आकस्मिक सहजिकरण एवम्, भवितब्यका लागी सहायता सहायता कक्ष

 

भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (KIIT) नामक विश्वविद्यालयमा अध्ययनरत छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्यु र तत्पश्चात नेपाली विद्यार्थीहरू प्रति भएको व्यवहारका सम्बन्धमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले गम्भीर ध्यानाकर्षण गरेको छ ।

विद्यार्थीहरूले सम्बन्धित विश्वविद्यालयले निर्धारण गरेको नियम पालना गरी नियमानुसार बुझाउनुपर्ने शुल्क बुझाई अध्ययन गर्न पाउने विश्वव्यापी मान्यताको विपरीत अध्ययनरत रहिरहेको अवस्थामा विश्वविद्यालय प्रशासनबाट विद्यार्थीहरू प्रतिको भएको व्यवहार निन्दनीय रहेको मन्त्रालयको दाबी छ !

उक्त घटनाका सम्बन्धमा विभिन्न सञ्चार माध्यम लगायतका औपचारिक स्रोतबाट जानकारी प्राप्त हुनासाथ
मन्त्रालयबाट घटनाको यथार्थ जानकारी एवम् समस्या समाधानको लागि कुटनीतिक पहल गरिदिन परराष्ट्र मन्त्रालयलाई मिति २०८१/११/०५ गते नै अनुरोध गरेको थियो ।साथै उक्त घटनाबाट विद्यार्थी र अभिभावकको मनोविज्ञानमा पर्न गएको प्रभाव तथा भारतकै अन्य विश्वविद्यालयमा अध्ययनरत हजारौ नेपाली विद्यार्थीमा उत्पन्न हुन सक्ने त्रास र अन्योलता समेतलाई दृष्टिगत गरी यथाशिघ्र KIITका ती सबै विद्यार्थीको पठनपाठन कार्य पूर्ववत सूचारु गराउने व्यवस्था मिलाउनका लागि हिजै मन्त्रालयको औपचारिक धारणामार्फत भारत सरकारको ध्यानाकर्षण मन्त्रालयले गरेको हो

तसर्थ, विद्यार्थीहरूले निर्वाध रूपमा अध्ययन गर्न पाउने अवस्थाको सुनिश्चितताको लागि कुटनीतिक तवरबाट परराष्ट्र मन्त्रालयमार्फत् मन्त्रालयले निरन्तर पहल गरिरहेको छ । त्यसका अतिरिक्त सो घटनाबाट प्रभावित विद्यार्थी तथा अभिभावकलाई आकस्मिक सहजीकरण एवम् सहायता प्रदान गर्ने तथा भावी दिनमा अन्य विदेशी विश्वविद्यालयमा समेत घट्न सक्ने विद्यार्थीका शैक्षिक समस्या समाधान गर्न पूर्वयोजना सहित मन्त्रालयको भूमिका अझ प्रभावकारी तुल्याउने उद्धेश्यले यस मन्त्रालयमा तपसिलका कर्मचारी सहितको सहायता कक्ष (Help Desk ) स्थापना गरिएको छ ।
यस विषम परिस्थितिमा सम्बन्धित सबै अभिभावक तथा विद्यार्थीहरूलाई संयमता धारण गर्न मन्त्रालय हार्दिक अपिल गर्दछ। साथै उक्त घटनाबाट श्रृजित समस्याको न्यायपूर्ण र वैधानिक रुपमा समाधान नगरिएमा भविष्यका लागि भारतको ओडिसा राज्यका विश्वविद्यालय / शिक्षण सस्थानमा अध्ययनका लागि प्रदान गर्दै आएको वैदेशिक अध्ययन अनुमति पत्र(NOC) प्रदान गर्ने कार्य स्थगित गर्न सकिने व्यहोरा पनि सम्बन्धित सबैको जानकारीको लागि अनुरोध शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयले गरेको छ।

सहायता कक्ष :
1) राजु श्रेष्ठ ९८५११२९९३७

raju.shrestha2@nepal.gov.np

2) देवीराम आचार्य ९८५११९३५४२ deviram.acharya@nepal.gov.np
3) सपना खड्का ९८४१६६०३६५

asapana69@gmail.com

📸✍🏻शिक्षा विज्ञान तथा प्रविधी मन्त्री : सचिवालय