“एमालेमा पुस्तान्तरण कि पुरागमन” : कमल दानी, राष्ट्रीय प्रतिनिधि परिषद सदस्य, नेकपा (एमाले)
२९ असार २०८२, आइतवार !
नेकपा (एमाले) को अहिलेको बेमौसमि बहसमा सामेल नहुने बिचार गरेको धेरै सामजिक सन्जालमा आबद्द साथिहरुले प्रश्न गर्नु भयो मौन किन ? अहिलेको अबस्थामा एमाले भित्र पुस्तान्तरण हुनु पर्छ भने बिचार बोकेको मान्छे हो म । समकलिन कम्युनिस्ट नेताहरुमा के पि ओलिको झोले नै सहि , बिचार, सिद्दान्त, दिर्गकालिन र अल्पकालिन समृद्द सोच, देश निर्माणको स्पष्ट खाका, स्वाधिनता, राष्ट्रीयता र समृद्द नेपालको असलि हिमायति के पि ओलि मात्र हो। तथापि पार्टी सङ्गठन चलाएमान हुन नया नेतृत्व बिकास र पुस्तान्तरण अति नै जरुरि छ । यसो हेर्दा एमालेको पुस्तान्तरणको एक मात्र हकदार कमरेड इश्वर पोखरेल नै हो उहाले मैदान छोड्नु भयो उहामा 1st man leadeship को क्षमता कहिलै छैन दोस्रोमै रमाउनु हुन्छ। एमालेको उपाध्यक्षहरु सबै आदरणीय हुदा हुदै बिष्णु पौडेललाई जबरजस्त बिबादमा तान्ने चलन छ। अरु मध्येमा एमाले हाक्ने ल्याकत क्षमता कमरेड सुरेन्द्र पाण्डेमा छ, उहाँलाइ १० भाइको ट्यागले छेक्छ। अर्को पुस्ता मानौ युबा पुस्तामा एमाले भित्रको बैचारिक, साङठनिक र सिद्दान्तनिष्ठ अनि दाग नलागेको सफेत क्लिन नेता कमरेड शङ्कर पोखरेल नै हो, उहालाइ बरिष्ठ देखि सबै उपाद्यक्षहरु अनि समकालिन नेताहरु पनि मान्न तयार हुनुहुन्न चौतर्फि घेराबदि छ। यो अबस्थामा एमालेमा एमालेको बिकल्प के पि ओलि नै हो बिकास, समृद्दि अनि पार्टिलाइ एक नम्बर राष्ट्रीय शक्ति निर्माणको लागि । अब रह्यो आदरणीय दिदि पुर्ब राष्ट्रपति एमाले नेता बिध्या देबि भण्डारी … पहिलो कुरा श्रदेय अभिभाबक दिदिबाट यो पर्टी चल्दैन चलाउन सक्नु हुन्न !

अहिले उत्तरको चाहना २०२८ सालदेखिको नेपालि कम्युनिस्ट एक बनाउने अभिलाशा , दक्षिणको जसरि केपि ओलि हटाउने उद्देश्य, सजिलो पात्र खोज्ने रणनिति, माकुने JN को face saving , माओबादि यानिकि प्रचण्डको अस्तित्व रक्षा, राजाबादिको केहि समय राजतन्त्र उचाल्ने नारा, रास्वपाको यि कोहि काम लाग्दैनन् भन्ने भाष्य निर्माण र बालेनलाइ southblock को कथित परिचालनले एकछिन कुनि के को न्यानो जस्तो भएको छ ! एउटा काल्पनिक कुरा गरौ श्रदेय दिदिको नाममा कथित नेकपा बनेछ भने पनि केपि को स्पष्ट बैचारिक अडान र शङ्करको सैद्दान्तिक सांगठनिक सम्रचना बाहेक तासको घर सिबाय केहि हुन्न। अन्तमा सम्माननिय दिदि र राष्ट्रीय अभिबाबक केपि वलि सहितको बिचार, सिद्दान्त, निति, कार्ययोजना र स्वाधिनता राष्ट्रीयतामा अब्बल शङ्कर, सुरेन्द्र, बिस्णु, प्रदिप, योगेश सहितको युबा जमातको एमाले अहिलेको आबश्यकता हो। अरु भदौमा हुने बिधान महाधिबेशन देखि ११ औ राष्ट्रीय महादिबेशन सम्म बहस गरौला अहिले एक मात्र लक्ष्य बिधान महाधिबेसन !!
धन्यबाद !
✍🏻✍🏻 कमल दानी, राष्ट्रीय प्रतिनिधि परिषद सदस्य, नेकपा (एमाले)



प्रतिकृया दिनुहोस्