नेपालमा केही पनि छैन भन्ने परम्परा त्याग्नु अनि आवश्यकता सबै आफ्नै माटोमा खोज्नु नै बुद्धिमानी हुनसक्छ : युवा व्यवसाई – सुलभ भट्ट
![]()
संगैका साथीहरु अष्ट्रेलिया, अमेरिका, क्यानडा गए भन्दैमा म पनि जानु पर्छ र, म जस्ता सबै युवाहरुले यो देश छोड्नुपर्छ र, बिदेश जाने नयाँ नयाँ फोन, घर, गाडि जोड्ने परम्परा बसेको बेला यहि देशमा बस्ने हिम्मत सबै सबैले गर्न सक्दैन्न र। जुन म सहित केहि युबाहरुले गर्दै छौ। देशमा भएका ब्यापार व्यवसायहरु डुबिरहेका र राम्रो चलिरहेका कम्पनीहरू भटाभट बन्द भैरहेका छन् । सरकारी जगिरेहरुपनि जगिर छोडी बिदेश हिडेका छन् ।

म भने यस्तो crisis को समयमा पनि भोलिको सम्भावना देखेर साथि भाई समेटी केही गर्छुहोला भनेर नयाँ कम्पनी खोलेर टिक्न सकियो भने बिक्न सकिएला भनेर संघर्ष गरिरहेछु, ऋण गरेर भएपनी लगानी गर्ने हिम्मत गरेको छु। मलाई मेरो जिन्दगी आज चले पुग्छ भन्ने छ, अफ्नो माटोमा बस्न पाएको छु, चाड पर्व आफ्नै घर आगनमा मनाउन पाएको छु। आमा बुवालाई सन्तान मेरै नजिक छ भन्ने आभाष गराएको छु। समयमै बिदेशी भएकाहरुले घर गाडि जोडी सके तर उनिहरुमा मेरो जति आत्मसन्तुष्टि देखेको छैन। आज म सम्पती नहुदा पनि धनी छु भन्ने सकारात्मक आत्मबिश्वास सहित धेरै खुशी र सन्तुष्ट छु। नेपालमा केही पनि छैन भन्ने परम्परा त्याग्नु अनि आवश्यकता सबै आफ्नै माटोमा खोज्नु नै बुद्धिमानी हुनसक्छ। समय अनुसार चल्ने परिपाटि अन्त्य गरि आफू आनुकुल समयको निर्माण गरौं ।



प्रतिकृया दिनुहोस्