ललितपुरमा टिपरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु, स्थानीय आक्रोशित
- thantikhabar
- November 20, 2025
147
SHARES
काठमाडौं, ३ मंसिर – ललितपुरको गोदावरी नगरपालिका–९ छम्पीमा आज दिउँसो एक दर्दनाक दुर्घटना घटेको छ, जसले स्थानीयबासीहरूलाई स्तब्ध बनाएको छ। बाग्मती प्रदेश–०१–००४ क १७१४ नम्बरको टिपरले ठक्कर दिँदा ३१ वर्षीय संजिब राना मगरको निधन भएको छ।
प्रत्यक्षदर्शीहरूका अनुसार तीव्रगतिमा आएको टिपरले अचानक बाटो काट्दै गरेका संजिब राना मगरलाई ठक्कर दिएको थियो। गम्भीर घाइते अवस्थामै उनलाई तत्काल पाटन अस्पताल लगिइएको भए पनि उपचारको क्रममा उनको ज्यान बचाउन सकिएन। अस्पताल पुग्दा उनको अवस्था अत्यन्त नाजुक रहेको बताइन्छ।
दुर्घटनापछि स्थानीय क्षेत्र तनावग्रस्त बनेको थियो। निरन्तर बढ्दो टिपर आतंक र लापरवाह ड्राइभरका कारण धेरै वर्षदेखि त्रसित स्थानीयहरूले आजको घटनाले आफूहरू थप असुरक्षित भएको गुनासो गरेका छन्।
यस बीच, प्रहरीको टोलीले टिपर चालकलाई नियन्त्रणमा लिएको छ र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको बताइएको छ।
स्थानीयहरू भन्छन् –
“हाम्रो बाटो अहिले टिपर र ट्रकको रेसिङ ट्र्याकजस्तो भएको छ, आज अर्को निर्दोषको ज्यान गयो।”
यातायात सुरक्षा, टिपर नियमन र कडा कानुनी कारबाहीको मागले फेरि एकपटक बलियो आवाज उठेको छ।
- South Asian Youth Awakening Begins in Kathmandu: ‘SAYA’ Launches With Nationwide Peace Expansion
- काठमाडौँबाट सुरु भयो दक्षिण एसियाली युवा जागरण: ‘साया’ को उद्घाटनसँगै प्रादेशिक शान्ति अभियान विस्तार
- प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीबाट केन्द्रीय गुनासो व्यवस्थापन डेस्क उद्घाटन
- साङ्ग्रिला डेभलपमेन्ट बैंकद्वारा चेपाङ समुदायका बालबालिकालाई पोसाक र विद्यालय सामग्री प्रदान
- बालबालिकाको सर्वाङ्गीण उन्नयन र अन्तर्राष्ट्रिय स्तरको सिकाइ: हात्तीगौडास्थित युरो किड्समा प्ले–ग्रुप र नर्सरीको भर्ना खुल्यो
- दक्षिण एसियाली युवा शान्ति सञ्जाल (SAYA) को शुभारम्भ काठमाडौँमा हुँदै, विश्व शान्तिको उन्नयनमा नयाँ आयाम
- Historic Convergence of Global Nepali Women: ‘First Non-Resident Nepali World Women’s Conference’ Set for Kathmandu
- विश्वभर छरिएका नेपाली महिलाहरूको ऐतिहासिक महाकुम्भ : काठमाडौँमा ‘प्रथम गैरआवासीय नेपाली विश्व महिला सम्मेलन’ हुँदै
- नेपालको रेस्टुरेन्ट क्षेत्रलाई प्रविधिमैत्री बनाउन ‘लिङ्कसोल डिजिटल’को नयाँ प्रणाली सार्वजनिक
- National Assembly Chairman Narayan Prasad Dahal Praises Sino-Nepali Health Cooperation at CMG Documentary Launch
-
बाल साहित्यमा जलेश्वरी श्रेष्ठ’ कृति लोकार्पण
November 14, 2026

प्रतिकृया दिनुहोस्