देशभर एकैदिन १२ जना लागूऔषधसहित पक्राउ

देशभर एकैदिन १२ जना लागूऔषधसहित पक्राउ

काठमाडौं, कात्तिक २७ — नेपाल प्रहरीले देशका विभिन्न स्थानमा एकैदिन ठूला लागूऔषध कारबाही गर्दै १२ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकासँग खैरो हेरोइनदेखि ट्रामाडोल, ब्राउनसुगर, गाँजा लगायत ठूलो मात्रामा अवैध पदार्थ बरामद भएको छ।


कैलाली: हेरोइनसहित १९ वर्षीय युवक समातिए

धनगढी उपमहानगर–३ बाट १९ वर्षीय दिलिप सिजापतिलाई खैरो हेरोइन जस्तो देखिने २१० मिलिग्राम सहित पक्राउ। प्रहरीको सक्रिय टोलीले उनलाई राति पक्राउ गरेको हो।


सुनसरी: घरमै मिनी फार्मेसी! ५ सय भन्दा बढी ट्याब्लेट बरामद

धरान–६ का रोशन राईको घर तलासी गर्दा ट्रामाडोल २६१, स्पास्पेन २७८, डिकोलिक ६ ट्याब्लेट र नगद ८,६५० रुपैयाँ फेला परेको प्रहरी बताउँछ।

त्यस्तै, विराटनगर–५ रिङ रोडबाट मुकेश कुमार चौधरी १८ किलो गाँजासहित पक्राउ परेका छन्।


झापा: काँकरभिट्टामा ब्राउनसुगर कारबाही

कमल गाउँपालिका–३ का २६ वर्षीय प्रज्वल बाँनियालाई ३ ग्राम १३० मिलिग्राम हेरोइन जस्तो पदार्थ सहित नियन्त्रणमा लिइयो। इलाका प्रहरी कार्यालय काँकरभिट्टा सक्रिय!


सिराहा: बाइकमा ब्राउनसुगर बोकेर दुई जना पक्राउ

सिराहा नगरपालिका–१ बाट २५ वर्षीय राम जिवन यादव र २७ वर्षीय दिपक कुमार यादवलाई मोटरसाइकल (स.११ च ५४८५) मा २४ ग्राम ८२० मिलिग्राम ब्राउनसुगर सहित समातियो।


चितवन: ट्रामाडोलको ठुलो खेप, तीन जना लखेटी समातिए

भरतपुर–१६ नवीनचोकमा प्रहरीले १५०० ट्रामाडोल, १४४५ बोमिन ट्याब्लेट र नगद २३,०९५ रुपैयाँ सहित विमल कुमाल (२०), सागर गुरुङ (२४), सुदिप श्रेष्ठ (२३) लाई पक्राउ गर्‍यो।


दाङ: लमही बजारमा हेरोइन सहित युवक पक्राउ

लमही–५ का ३० वर्षीय नारायण पुनलाई १ ग्राम ३२० मिलिग्राम हेरोइन जस्तो पदार्थ सहित पक्राउ।


बाँके: नेपालगंजमा जोडी पक्राउ, तराजुसहित ड्रग्स डिलर पक्राउ

नेपालगंज–१३ बुलबुले लाहुरे पथमा नरेश खटिक (३९) र सुनिता परियार (२३) ७ ग्राम ७६० मिलिग्राम ब्राउनसुगर, मोबाइल र डिजिटल तराजुसहित पक्राउ परे।


नेपाल प्रहरीको ‘नेशनवाइड ड्रग्स क्र्याकडाउन’

देशका सात जिल्ला समेटेर गरिएको कारबाहीमा प्रहरीले कुल १२ जना पक्राउ गरेको हो। प्रहरीका अनुसार सबै घटनामा अनुसन्धान अघि बढाइएको छ।