मोटरसाइकल र कन्टेनर ठोक्किँदा एकको मृत्यु, चालक घाइते

मोटरसाइकल र कन्टेनर ठोक्किँदा एकको मृत्यु, चालक घाइते

चितवन, १३ कात्तिक — ठाँटी खबर

चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालस्थित सडकमा बिहीबार दिउँसो भयावह दुर्घटना भएको छ।
बागमती प्रदेश ०२–०५६ प ९८०४ नम्बरको मोटरसाइकल र एनएल ०१–२३७४ नम्बरको कन्टेनर ट्रक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार धादिङ गजुरी गाउँपालिका–८ का ३८ वर्षीय रामचन्द्र तामाङको मृत्यु भएको हो।

दुर्घटनापछि गम्भीर घाइते भएका तामाङलाई तत्काल नयाँ मेडिकल कलेज, भरतपुर लगिएको थियो। तर उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यस्तै, मोटरसाइकल चालक गम्भीर घाइते अवस्थामा सोही अस्पतालमा उपचाररत छन्।

प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ।