मकवानपुरमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ, नगद ६ लाख बरामद!

मकवानपुरमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ, नगद ६ लाख बरामद!

मकवानपुर, १ कात्तिक — हेटौंडा उपमहानगरपालिका-१० बसपार्क गुम्बा नजिकै रहेको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरू मध्ये ३५ वर्षीय हिरालाल मोक्तानले संचालन गरेको उक्त स्थानमा शुक्रवार साँझ प्रहरीको छापा परेको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले नगद ६ लाख ६ हजार ३ सय १० रुपैयाँ र ११ बुक ताससहित सबैलाई नियन्त्रणमा लिएको जनाएको छ।

यो गिरफ्तारीले जुवातास लगायत अवैध खेलहरूको विरुद्ध कडा कारबाहीको सन्देश दिएको छ। प्रहरीले थप अनुसन्धान गर्दै आवश्यक कारबाही अघि बढाइरहेको छ।