मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

काठमाडौं, १९ असोज

सर्लाही, बरहथवा नगरपालिका-१२ लौकट बस्ने ७५ वर्षीया ईन्द्रवती देवी साह सोही ठाउँस्थित छठिघाट नहरमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।

​झापा, झापा गाउँपालिका-६ शरणामित भृकुटीचोकस्थित सडक छेउमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी २४ वर्षीयपुरूष गए राति मृत अवस्थामा फेला परेका छन् ।

​सिन्धुली, कमलामाई नगरपालिका-७ बुद्दचोकस्थितसडकको नालामा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५५वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

​पर्सा, वीरगंज महानगरपालिका-१६ बस्ने हरिहर प्रसाद सोनार सोही महानगरपालिका-६ नजिकै रहेको भवनको पेटीमा गए राति मृत अवस्थामा फेला परेका छन् ।

​यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।